संविधान २०७२ लाई महादेववेशी मा भव्य स्वागत

697 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

महादेववेशी, असोज ३,-नेपाली जनताको करिव ७० बर्ष देखीको जनताको प्रतिनिधिबाटै संविधानसभा मार्फत संविधान निर्माण गर्ने धोको पुरा गरेको अवशरमा धादिङ जिल्लाको महादेववेशी क्षेत्रमा संविधानको दिपावली सहित भव्य स्वागत गरिएको छ ।
???????????????????????????????स्थानिय राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्था, सामाजिक अगुवा, स्थानिय वासीन्दा एवं सर्वसाधरणहरुको स्वतफुर्त अगुवाईमा पञ्चेवाजा सहित प्यालामा दिप प्रज्वलन गरि संविधान जारी भएको वखत भव्य स्वागत गरिएको छ । स्थानिय ले राष्ट्रपति बाट संविधान जारी गरेको घोषणा कार्यक्रम तथा सभालाई प्रोजेक्टर मार्फत प्रत्यक्षरुपमा सामुहिक सहभागीता रहेको थियो । राष्ट्रपतीले जारीभएको घोषणा गर्दा माहोल हर्षेाल्लासमय भएको थियो । कार्यक्रमलाई रौनक बढाउन नेपाली पप गायक सविन लामा लगाएतले राष्ट्रिय गित गाएका थिए । दिप प्रज्यवलनमा नेपालको संविधान २०७२ लाई हार्दिक स्वागत गर्दछौ भन्ने लेखिएको दिपावली गरिएको थियो । कार्यक्रममा दशभक्त पर्यावरणीय सामाजिक मोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाओवादी, नेकपा एमाले तथा नेपाली काङग्रेसका स्थानिय तथा जिल्ला स्तरिय नेताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।