पिडामा भएको दुर्घटनामा बाबु छोराको मृत्यु ।।

387 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–भदौ ४, पृथ्वी राजमार्गअन्तर्गत धादिङको पिडा २ घाटबेशीँमा आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाण्डौँबाट गजुरीतर्फ जाँदै गरेको बा १४ प ४५५६ नम्बरको मोटरसाईकल, सोही दिशामा गुडिरहेको ना ३ ख २९४६ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पिडा १ का ४२ वर्षिय छत्रबहादुर पुलामी मगर र उहाँका छोरा २१ वर्षिय विष्णु पुलामी मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बाबु छत्रको गजुरी अस्पतालमा उपचार गर्दै गर्दा र छोरा विष्णुको थप उपचारका लागि काठमाण्डौँ लैँजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको ट्रक र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।  मोटरसाईकलको अनियन्त्रित गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।