राष्ट्र बंैकले २ हजारको सिक्का निकाल्ने

849 पटक पढिएको

सम्पादक: Dhading News

ccccccccccccccccccccधादिङ–भदौ ४, संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन नेपाल राष्ट्र बैंककले दुई हजार र एक सय मूल्य अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले दुई हजारको चाँदीको सिक्का र  १ सयको निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिनुभयो । सिक्कामा नेपालको संविधान २०७२ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्ने छ । आगामी दसैँको नजिक सो सिक्का जारी गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।