गृहमन्त्री बामदेव गौतमबारे उनकै पत्नी तुलसाले गरिन् यस्तो खुलासा –

616 पटक पढिएको

सम्पादक: Dhading News

tulasaha-2काठमाण्डु, ९ असोज– गृहमन्त्री बामदेव गौतम वास्तवमा कस्ता छन् ? यसको खुलासा उनकै पत्नी तुलसा गौतमले गरेकी छिन् ।

गृहमन्त्रालयको जिम्मेवारी तेस्रोपटक सम्हालेयता गौतम पटक पटक विवादमा परेका छन् । त्यस्ता विवाद पत्रपत्रिकामा नआउने कुरै भएन । तर गौतमले आफ्नो विवादास्पद समाचारलाई उनले ‘ठीक छैन’ भन्ने गर्छन् । उनको कमजोरी पक्षलाई सुधार गर्नु पर्ने शैलीले लेखिएका समाचार/लेखलाई भने उनले सकारात्मक रुपमै लिने गर्छन् ।

नयाँ पत्रिकाका खगेन्द्र पन्तले गौतम पत्नी तुलसालाई १०१ प्रश्न गर्दा गृहमन्त्रीले डिभाइडर नाघेर ट्राफिक नियम उल्लंघनको विषय पनि कोट्याइएको छ । ट्राफिक नियम उल्लंघन गर्दै डिभाइडर नाघेको विषयमा गृहमन्त्री गौतमले मुख खोलेका थिएनन् । तर घरमा पत्नी तुलसालाई चाहिँ यसको रहस्य खोलेका रहेछन् । उनले त्यो बेला अगाडिबाट जुलुस आउँदै गरेको र डिभाइडर नाघेर जानु पर्दा नियम उल्लंघन भएको स्वीकार गरेका छन् ।

काम गर्दा मेसो नपुर्‍याई गर्ने उनको बानी पत्नी तुलसाले पनि पुष्टि गरेकी छिन् । त्यही मेसो पुरा गर्न नसक्दा उनी पटक पटक विवादमा तानिएका छन् । पत्नी तुलसाका अनुसार धेरै पटक आफ्ना सुरक्षाकर्मी उत्रनु अघि नै गाडीबाट गौतम हाम्फाली सक्छन् ।

tulasaha 2गृहमन्त्री गौतमको रुचिका विषयमा पनि रमाइला विषयहरु तुलासले सार्वजनिक गरेकी छिन् । गौतमलाई ‘साउथ इन्डियन’ फिल्म मन पर्छ । यस्ता फिल्ममा नायकको एक मुक्काले एक सय जति खलपात्रहरु ढल्छन्, ठाउँका ठाउँ मुर्छा पर्छन् । यस्तै फिल्म हेरेर गौतम रमाउँछन् ।

खुसी हुने र दुःखी हुने मानवीय स्वभाव नै हो । राजनीतिको विषय लिएर पछिल्लो पटक संविधानसभाबाट संविधान पारित हुँदा गौतम सबैभन्दा खुसी भएका रहेछन् । कृषिमन्त्री हरि पराजुलीलाई पदबाट हटाउँदा सबैभन्दा दुःखी भएका रहेछन् ।

गौतम कुनै समय चुरोटका अम्मली थिए । एमाले फुटाउँदा गौतमले धेरै चुरोट पिए । पार्टी एकीकरण पछि छाडे । तर रक्सी भने दुई तीन पेग घरमै पिउँछन् । उनलाई मनपर्ने रक्सी चाहिँ टर्रो वाइन र ब्लाक लेवल ह्विस्की हो ।

पत्नी तुलसाका लागि गौतमको एक बानीले आजित पारेको छ । त्यो हो उनको घुर्ने बानी । त्यो समस्यालाई मेसिन लगाएर नियन्त्रण गरिएको छ ।
पत्नीलाई तलब बुझाउने मामिलामा चाहिँ गौतम इमान्दार छन् । अरु बेला त नेताले तलव पाउने कुरा भएन । तर मन्त्री हुँदा चाहिँ उनले पाउने तलव सबै ल्याएर पत्नी तुलासालाई दिन्छन् । कहिलेकाहिँ चाहिँदा माग्छन् । उनको आफ्नो निजी खर्च खास हुँदैन । भएको पैसा अरुलाई दिएरै सकिन्छ ।

खानामा साधारण दालभात, तरकारी, रोटी मन पराउँछन् । यदि उनी आफै भान्छामा गए भने मासु भने मिठो पकाउँछन् । मासु पकाउँदा चाख्दै पकाउँदै गर्छन् ।

एमालेबाट माले विभाजन गरेपछि गौतमलाई एमालेका नेताहरुले उनलाई ‘एक नम्बर भ्रष्टाचारी’को संज्ञा दिए । त्यसमा गौतमले ठूलो चित्त दुखाए । तर पछि पार्टीले त्यो संज्ञालाई फिर्ता लियो ।

तेस्रो पटक गृहमन्त्री भएका गौतमले हाल संविधान निर्माणमा प्रयत्न गरे । उनको राम्रो काम यो पटकको कार्यकालमा यहि हो । पत्नी तुलासाको बिचारमा पहिलो पटक गृहमन्त्रालयको जिम्म लिँदा स्थानीय निकायको निर्वाचनमा एमालेलाई प्राप्त सफलताको जस गौतमलाई नै जान्छ । दोस्रो पटक प्रचण्डको सरकारमा गृहमन्त्री हुँदा काम गर्नैै नपाई कटुवाल काण्ड मच्चियो, राजीनामा दिनु पर्यो ।

तुलसाका अनुसार तत्कालीन प्रधानसेनापति रुक्मांगत कट्वाललाई गौतमले नै पाँच महिना हटाउन नदिएर रोकेका रहेछन् । पछि अध्यक्ष झलनाथ खनालले पनि हटाउने विषयमा सहमति दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरे ।

असोजभित्रैमा नयाँ सरकार बन्ने चर्चा चलिरहेको छ । तर गौतमपत्नीले तराईको समस्या समाधान भएपछि सरकार फेरिने आँकलन गरेकी छिन् ।