टानमा रिजालको उमेद्वारी घोषणा युटिन र शेर्पा समुदायको समर्थन

759 पटक पढिएको

सम्पादक: Dhading News

 12042902_10153680658034589_3597647652371297974_nकाठमाडौं असोज १० – नेपाल ट्रेकिङ एजेन्ट एसोसियसन (टान) को आगामी नेतृत्वका लागी चन्द्र रिजालको उम्मेद्वारी घोषणा भएको छ । आइतबार नेकपा एमाले पर्यटन इलाका कमिटीले बैशाली होटेलमा कार्यक्रम आयोजना गरी रिजालको नाम अनुमोदन गरेको हो । एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष समेत रहेका रिजाललाई सर्वसम्मत नेतृत्वको रुपमा अगाडी सार्दै संगठनले वार्ता र संवादलाई तीब्र बनाएको छ ।
रिजाललाई एमाओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन (युटिन) र शेर्पा समुदायले सघाउने निर्णय गरिसकेका छन् । उम्मेद्वारी दर्ताको अघिल्लो दिन महत्वपुर्ण पदमा सहमती गर्दै त्रिपक्षिय सहमती गरिएको संगठन निकट स्रोतले बताएको छ । पछिल्लो सहमतीले रिजालको विजय सुनिश्चित रहेको संगठनका उपाध्यक्ष वरिष्ठ पर्यटन व्यवसायी हरि धरेल बताउँछन् ।
त्रिपक्षिय सहमती गरे पनि ट्रेकिङको क्षेत्रमा रहेका सबै संगठनलाई समेटेर जाने भन्दै अन्यपदहरु सार्वजनिक गरिएको छैन धरेलले भने । पार्टी भित्र एकढिक्का बनाएर लैजान एमाले केन्द्रिय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्च थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अघिल्ला चुनावमा आफै भित्र एकले अर्कालाई नस्वीकार्ने एमाले निकट संगठन यस पटक संगठनका अध्यक्ष रिजाललाई जिताउन एकै ठाउँ उभिएका छन् । एमाले सम्बद्ध संगठन र काँग्रेस सम्बद्ध राष्ट्रिय पर्यटन व्यवसायी संघ (नीट) संग आइतबार रातीसम्म वार्ता भएको छ । आफ्नै तेनृत्वमा उम्मेद्वारी दिने मनस्थिति बनाएको नीटले चाहेको पदमा आफ्ना उम्मेद्वार पठाउन सके रिजालकै नेतृत्वमा जाने रणनीति बनाएको छ । एमाओवादीकै अर्को संस्था नेपाल पर्यटन व्यवसायी मञ्च काँग्रेसमो समर्थनमा अध्यक्ष हात पार्ने योजनामा छ ।