छोरी हत्याको आरोपमा आमा पक्राउ

374 पटक पढिएको

सम्पादक: Dhading News

उदयपुर, असोज – नाबालक छोरीको हत्याको आरोपमा मंगलबार उदयपुर आँपटारकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नी चार महिनाकी छोरीलाई असोज ९ गते राती ८ बजे धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा आँपटारकी २७ वर्षे पार्वती राईलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।

राईले धारिलो चक्कुले नाबालिकाको पेटमा घोपेर हत्या गरेको प्रहरीले जनाएको छ । पेटमा चक्कु घोपिएकी बालिकाको आन्द्रा बाहिरै निस्किएको एसपी गुरुङले जानकारी दिनुभयो ।

पक्राउ परेकी महिलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ । आरोपित महिलाको मानसिक सन्तुलन ठिक नभएको स्थानीयबासिन्दाले बताएका छन् ।