भारतको ‘नाकाबन्दी’बारे सरकारद्धारा दातृराष्ट्रका प्रतिनिधिहरुलाई ब्रिफिङ –

409 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं, असोज ११ । अर्थमन्त्री डा.रामशरण महतले भारत सरकारले नेपालमा अर्ध नाकाबन्दी गरेको जानकारी दातृराष्ट्र तथा दातृनिकायका नेपालस्थित प्रतिनिधिहरुलाई गराएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारहरुसँग छलफल आयोजना गरी मन्त्री महतले नेपालको संविधान २०७२ ले गरेको व्यवस्था, तराई आन्दोलन र भारतको क्रियाकलापबारे जानकारी गराएका हुन् ।
/>
उनले तराई क्षेत्रमा भएको बन्द, हडतालका कारण अत्यावश्यक वस्तुमा समस्या उत्पन्न भएको पनि दातृराष्ट्र/निकायका प्रतिनिधिलाई जानकारी गराए ।

मन्त्री महतले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सहयोग र सद्भाव पाउने विश्वास व्यक्त गरे । अर्थ मन्त्रालयले गरेको छलफलमा नेपालस्थित भारतीय राजदूत रणजीत राय भने उपस्थित थिएनन् ।