तटस्थता तोड्दै उपराष्ट्रपतिबाट मधेस आन्दोलनलाई समर्थन –

574 पटक पढिएको

सम्पादक: Dhading News

Parmananda-Jhaकाठमाण्डु, ११ असोज– उपराष्ट्रपति परमानन्द झाले आफ्नो तटस्थता भंग गर्दै संविधानको विरोधमा तराई–मधेसमा जारी आन्दोलनमा समर्थन जनाएका छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै झाले संविधान संशोधन मार्फत आन्दोलनकारीका माग सम्बोधन गरी तत्काल समस्या समाधान गर्न सरकारलाई भनेका हुन् ।

सुदूरपश्चिमको माग सम्बोधन गर्ने सरकारले मधेसमा जारी समस्या समाधानमा ढिलाइ गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

विज्ञप्तिमा उनले मधेसी दलका माग जायज भएको जिकिर गर्दै राज्यले मधेसर्ला विभेद गरेको आरोपसमेत लगाएका छन् ।

संविधानको धारा ३ सय ५ मा रहेको बाधा अड्काउ फुकाउ अधिकार प्रयोग आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सकिने उनको भनाइ छ ।

उपराष्ट्रपति झाले सरकार समर्थित दल तथा आन्दोलनरत पक्षबीच तत्काल सार्थक र परिणाममुखी वार्ता हुनुपर्नेमा जोड दिएका छन् ।

दुवै पक्ष वार्ताका लागि गम्भीर हुनुपर्ने उनले उल्लेख गरेका छन् ।