सेतो पुतलीले आ“खा स“क्रमण वढायो

1204 पटक पढिएको

सम्पादक: Dhading News

11173329_997617483622647_8453760186188314664_nधादिङ–सदरमुकाम वजारमा विजुलीवत्ती वरिपरी झुम्मिने मोथ्(Moth) प्रजातीको सेतो पुतलीले वालवालिकाहरुमा आ“खा पाक्ने समस्याले महामारी रुप लिएकोछ । राती विजुली वलेको वेला हरेक घरमा सयौं पुतली वत्ती वरपर झुम्मिने गरेका छन् ।
सेतो पुतलीको पखेटावाट उड्ने साना कणहरु वातावरणमा पैm्रलिए पछि वालवालिकाहरुमा यो आ“खा पाक्ने खतरनाक ‘शापु’ Shapu नामक महामारी फैलिएको जिल्ला स्थित सामुदायिक आ“खा उपचार केन्द्रका नेत्र अधिकृत रामसिंह तामाङले वताए ।
11949431_997617503622645_6987136190037954523_nहाल सम्म कुम्पुरकी २ वर्षीय शुसिला कोईराला, सेम्जोङ्गकी ३ वर्षीय वीना तामाङ्ग र लापा गाविसकी एकजना वालिका सहित ४ जना लाई यसै महिना तिलगंगा आंखा अस्पतालमा उपचारका लागी पठाईएको वताउंदै नेत्र अधिकृत तामाङ्गले –‘यो संक्रमणले वालवालिकाहरुको यौटै मात्र आ“खाको ३ तह मध्य वीचभागको तहमा पिप जमाएर उपचारमै कठिन वनाउंछ । यस्को उपचार करिव असंभव छ र वालवालिकाहरु को यौटा आंखा कामै नलाग्ने हुन सक्छ’। यस्को संक्रमणले आंखा अचानक रातो हुनु,, उज्यालो हेर्न गाह्रो हुनु,आंखाको कालो भागको वीचमा पीप जमेर सेतो भाग देखा पर्नु ,छोटो समयमै आंखाको ज्योती कम हुदैं जानु, आंखा पाके जस्तो देखिए पनि चिप्रा पटक्कै नआउनु यस रोगका लक्षण हुन् ।
यो संक्रमण भुकम्प पिडित विस्थापित शिविरमा, अति विपन्न, राती अति प्रकाश दिने वत्तीवालेर भ्mयाल खुलै राख्ने परिवारमा, देखिएकोछ । जिल्ला स्थित आंखा अस्पतालमा विगत एक महिना देखि दैनिक ५ देखि एक दर्जन विरामी आउने गरेकाछन् ।
11953046_997617530289309_8251201735246166631_nजिल्लामा शापुका संक्रमित वढे पछि सामुदायिक आंखा अस्पताल मा सहयोग गरेको तिलगंगा आंखा अस्पतालले सिएफएल वत्तीको कम प्रयोग, तत्काल उपचार र झुल प्रयोग गरि सुत्न सल्लाह दिदैं विज्ञप्ती निकालेकोछ ।