नयाँ स्थानीय विकास अधिकारीको जिविसमा स्वागत

492 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

photo 1नेपाल सरकारको मिति २०७२ को निर्णय अनुसार जिल्ला विकास समितिको कार्यालय धादिङमा सरुवा भई आउनु भएको स्थानीय विकास अधिकारी भगवान अर्यालज्यूलाई कार्यालयले बुधवार एक कार्यक्रम गरी स्वागत गरेको छ । स्थानीय विकास अधिकारी अर्याल यसअघि हेटौंडा उमपहानगरपालिकाको कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

           २०५३ सालमा निजामति सेवामा प्रवेश गर्नुभएका स्थानीय विकास अधिकारी २०६६ सालमा खुला प्रतिष्पर्धावाट राजपत्रांकित द्धितिय श्रेणीमा पदोन्नती हुनु भएको थियो । स्थानीय विकास अधिकारीको रुपमा प्यूठान जिल्ला विकास समितिको कार्यालयमा कामको अनुभव संगाल्नु भएका अर्यालसंग राष्ट्रिय योजना आयोगमा समेत काम गरेको अनुभव रहेको छ ।  

    कार्यालयवाट आयोजना भएको स्वागत कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारीले आफ्नो कार्यकालमा जिल्ला विकास समितिको हालको भूमिका र मर्यादालाई कायम राख्दै अझ उचो बनाउन आफुले सक्दो प्रयास गर्ने बताउनु भयो । स्थानीय सरकारको रुपमा जिल्ला विकास समितिसंग सवैले अपेक्षा राख्नु स्वाभाविक भएका तर सवै अपेक्षाहरुलाई एकैपटक पुरा गर्न नसकिने भएकोले आवधिक जिल्ला विकास योजनाको लक्ष र प्राथमिकताको आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्दै जान सकिएमा नागरिकका अपेक्षा क्रमशः पुरा हुँदै जाने बताउनु भयो । राजनैतिक दल, विषयगत सरकारी कार्यालय लगायत अन्य सरोकारवालाहरुसंगको समन्वयकाका साथै कार्यालयको नेतृत्वदायी भूमिकामा स्थानीय विकास अधिकारी रहने र संस्थागत उद्देश्य हासिल गर्न शाखा प्रमुख तथा कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । 

यसअघि स्थानीय विकास अधिकारीलाई प्रमुख जिल्ला ईन्जिनियर  भरत अर्यालले कार्यालयको तर्फवाट स्वागत गर्नुभएको थियो । स्थानीय विकास अधिकारीको स्वागतको अवसरमा बोल्दै प्रमुख जिल्ला ईन्जिनियरले कार्यालयको विगतको समिक्षा, वर्तमान अवस्थाको बारेमा जानकारी पेश गर्नुभएको थियो । योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।