दलहरु एक आपसमा मिले संकट समाधान हुन्छ ः नेम्वाङ

701 पटक पढिएको

सम्पादक: Dhading News

subash-nimang-300x200धादिङ–असोज १३,   दलहरु एक आपसमा मिलेर अघि बढेमात्र देशमा जस्तोसुकै संकट पनि समाधान गर्न सकिने व्यावस्थापिक संसदका सभामुख सुवासचन्द« नेम्वाङले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नव निर्मित भवनको उद्घाटन तथा वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधान २०७२ विश्वकै नमूना संविधान जारी भएको दावी गर्नुभयो ।  विश्वका ठुला देशहरुमा संविधान निर्माण गर्दा संसदको झिनो मतबाट पारित भएको इतिहासलाई तोड्दै नेपालले समावेशी प्रतिनिधित्व सहित ८९ प्रतिशतको सहभागितामा संविधान निर्माण गरेर विश्वमा उदाहरणिय बन्न सफल भएको दावी गर्नुभयो । संविधानमा चित्त नबुझेका सानातिना विषयलाई संवाद र छलफलबाट संशोधन गराएर निकास लिन सकिने भन्दै सभामुख नेम्वाङले संविधान प्रति असहमती राख्ने पक्षहरुलाई आग्रह गर्नुभयो । सबैको हक अधिकार अहिलेको संविधानले समेटेको हुंदा एक पटक संविधान हेरेर मात्र प्रतिकृया व्यक्त गर्न नेम्वाङले  आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको सुविधा सम्पन्न दुई तले पक्कि भवनको आज औपचारीक रुपमा उद्घाटन गरीएको हो । छिमेकी देशमा पनि संविधान वनाउंदा त्यहांको अवस्था र आवश्यकतालाई महसुस गरेर वनाईएकाले नेपालले पनि नेपालीहरुको चाहनालाई कदर गर्दै नयाँ संविधान वनाएको उहांको भनाई थियो । कार्यक्रममा संविधान सभा मार्फत संविधान जारी गरेर नेपाली जनताको भावनाको कदर गरेको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सभामुख सहित सात जना सभासदलाई बुधवार धादिङबेसीमा नागरिक सम्मान गरेको छ ।सभामुख नेम्वाङ, धादिङ जिल्लाबाट निर्वाचत सभासदहरु राजेन्द्रप्रसाद पाण्डे,गुरुप्रसाद बुर्लाकोटी,धनवहादुर घलेका साथै समानुपातिक तर्फका सभासदहरु गंगालाल तुलाधर,दिलमान पाख्रिन,परशुराम तामाङ र रविन्द्रप्रताप शाहलाई नागरिक अभिनन्दन गरिएको थियो । कार्यक्रममा महासंघ जिल्ला शाखा धादिङका संस्थापक सभापति सीतारामप्रसाद वर्मा,पुर्व अध्यक्ष राजेन्द्रप्रताप शाहलाई पनि सम्मान गरिएको थियो । यसैगरी भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।