प्रधानमन्त्रीको मोतियाबिन्दुको अपरेशन

442 पटक पढिएको

सम्पादक: Dhading News

आश्विन १३, २०७२- प्रधानमन्त्री सुशील कोइरालाको दाँया आँखाको मोतियाबिन्दुको अपरेशन गरिएको छ । बनेपास्थित रेयुकाई एइको मासुनागा आखा अस्पतालमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुगननारायण जोशी नेतृत्वको टोलीले ‘फेको प्रविधी’बाट उपचार गरिएको हो ।
करिब पौने ६ बजे प्रधामन्त्री कोइराला डा. शसाक कोइराला र सहयोगी अतुलकासाथ अस्पताल पुगेका थिए । डा. जोशीका अनुसार, फेको प्रविधी विशेष उपकरणले ३० देखि ६० किलोहर्जका अल्टासोनिक तरंगको मद्धतबाट गरिने मोतियाबिन्दुको उपचार प्रविधी हो । मोतियाबिन्दुयुक्त लेन्सलाई टुक्रापारी ३ मिलिमिटर वा सानो घाउबाट निकालिन्छ । आँखामा पट्टी र टाका लगाउनुपर्दैन । चोटपटक समेत नहुने हुँदा १५ देखि २० मिनेटमा अप्रेशन गर्न सकिन्छ । यसबाट केही दिनमा नै पूर्ण दृष्टि प्राप्ती हुन्छ ।