हिमानीद्वारा बृद्धाश्रम उद्घाटन, ट्रष्टमार्फत सहयोग

508 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????असोज १४-मलेखु (धादिङ) ः भद«काली सामुदायिक विकास समाजद्वारा सञ्चालित जेष्ठ नागरिक सेवा आश्रम (बृद्धाश्रम) को नवनिर्मित भवनको पुर्वयुवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी छिन । जेष्ठ नागरिक दिवसको अवसरमा पारी आयोजना गरिएको एक विशेष समारोहका बीच पुर्वयुवराज्ञी हिमानी शाहले १८ कोठे पक्की भवनको आज उद्घाटन गरेकी हुन ।

गजुरी गाउँ विकास समितिको वडा नं २ मा करिव २ करोड ५० लाखको लागतमा बनाइएको उक्त बृद्धाश्रम संचालनको लागि हिमानी ट्रष्टले सहयोग समेत गरेको छ । १८ कोठे क्षमताको बृद्धाश्रमको सवै कोठाहरुमा आवश्यक पर्ने भौतिक सामाग्रीहरु खाट दराज र सिरक डसना म्याट्रेस लगायतका सामानहरु सहयोग गरिएको हिमानी ट्रष्टका सचिव विजया राणाले जानकारी दिइन । जसअन्तरगत ३६ वटा खाट र त्यसका लागि आवश्यक पर्ने सिरक डसना, सिरानी, कार्पेट कपडा पर्दा लगायतका सामाग्रीहरु रहेका छन ।
बृद्धाश्रम संचालनको लागि सहयोग गर्दे हिमानी ट्रष्टले आगामी सहयोग गरिएका सामाग्रीहरुको सही सदुपयोग भएको खण्डमा आगामी दिनमा पनि बृद्धाश्रमलाइ सहयोग गर्ने राणाले जानकारी दिइन ।
बृृद्धाश्रममा पहिलो चरणमा गरिव सिमान्तकृत र पिछडिएको समुदायका र सहाराविहीन बृद्धाबृद्धाहरुलाइ राखिने पनि पाण्डेले जानकारी दिए । भद्रकाली सामुदायिक विकास समाजले यसअघिदेखि नै गरुकुल शिक्षा संचालन गरि २५ जना विद्यार्थीलाइ निशुल्क पठनपाठन गराइरहेको छ ।
बृद्धाश्रम उद्घाटनकै अवसरमा भद्रकाली आमा समुहका सदस्यहरुले हिमानी शाहको विहीवार नै परेको जन्मदिनको शुभकामना स्वरुप मायोको चिनो प्रदान गरेका थिए । हिमानी शाहले जन्मदिनको उपलक्षमा कार्यक्रममा उपस्थित बृद्धाबृद्धाहरुलाइ फलफुल वितरण गरेकी थिइन ।