महादेबेशीमा भएको सवारी दुर्घटनामा हवल्दार सहित अन्य ३ जनाको मृत्यु, थप विवरण सहित

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

deathधादिङ– असोज १५, पृथ्वीराजमार्ग अन्र्तगत थाक्रे गाउँ विकास समिति वडा नम्बर ३ महादेबेसीमा ट्रिपको ठक्करबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । बिहीबार साँझ ट्रिपर अनियन्त्रीत भई सडक छेउमा बसेकालाई ठक्कर दिदा अन्य ४ जना गम्भिर घाईते भएका छन् । बैरैनीबाट बालुवा बोकेर काठमाण्डौ जादै गरेको बा ३ ख ४८२७ नम्बरको ट्रिपर अनियन्त्रीत भई दुर्घटना हुँदा स्याङजा जगतदेवी ८ बस्ने शुन्दर भट्टराई, चितवन घर भई हाल महादेसी बस्ने नरेश लामा र प्रहरी हवल्दार शुर्दसन हुमागाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । यसैगरी दुर्घटनामा परी घाईते हुनेहरुमा बारा घर भएका बर्ष २६ का निरोज राम, केवलपुर ७ बस्ने चालक लिला बहादुर तामाङ, थाक्रे आग्राबस्ने दिनेश अर्याल, मकवानपुर हेटौडा बस्ने नारायण सुनाम रहनुभएको छ । घाईतेहरुको गम्भिर अवस्थामा काठमाण्डौंका विभिन्न स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।