पत्रकारलाई आर्थिक पत्रकारीता तालिम

698 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

talim
धादिङ–असोज १५, जिल्ला विकास समिती धादिङको आर्थिक सहयोग र धादिङ सञ्चार सहकारी संस्था लिमिटेडको आयोजनामा धादिङबेसीमा आर्थिक पत्रकारीता तालिम सुरु भएको छ । वित्तिय शुसाशन र प्रवद्र्धन धादिङ सञ्चारको अभियान भन्ने नारा सहित सहकारी संस्थाहरुको क्षमता विकासको लागी आर्थिक पत्रकारिता तालिम सुरु गरिएको आयोजकले जनाएको छ । तालिमको पहिलो दिन बिहीबार डिभिजन सहरकारी संस्था लिमिटेड धादिङका अधिकृत कृष्ण बोहोराले सहकारीको उत्पत्ती, विकास तथा फाइदाका साथै धादिङमा सहकारीको अवस्थाका विषयमा जानकारी गराऊनुभएको थियो । त्यस्तै पत्रकार दिपक कोइरालाले संचार, संचारका माध्यम, प्रकार र पत्रकारीता र आम संचार विचको फरकका विषयमा जानकारी गराऊनुभएको थियो । तालिममा धादिङका विभिन्न सञ्चार सहकारीहरुमा आवद्ध ३४ जना पत्रकारहरुको सहभागिता रहेको छ ।