टानको आगामी नेतृत्वका लागि त्रिपक्षित भिडन्त हुने

594 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि त्रिपक्षित भिडन्त हुने भएको छ । १५ गतेको लागिका लागि घोषणा गरेको ३६ औं साधारणसभा विभिन्न कारण देखाई २८ गतेका लागि सारिएको छ । निर्वाचन घोषणा गरी अधिकृतको सचिवालयले निर्वाचन कार्यतालिकासमेत प्रकाशन गरी आफ्नो काम सुरु गरिसकेका अवस्थामा वर्तमान कार्यसमितिले असोज ११ गते सूचना टाँस गरी निर्वाचन स्थगन गरेको थियो ।
Chandra rijalउम्मेद्वारी मनोनयनको दिन सम्म मजदुरहरुको बक्यौता नतिरेको भन्दै चार दलसम्वद्ध मजदुर संगठनहरुले टान सचिवालयमा ताला लगाएको थियो । सोही तालाका कारण सुचना टाँस गरी साधारणसभा स्थगित गरिएको थियो । मजदुरहरुको मुद्दालाई सम्बोधन गर्ने सहमती भई टानको ताला खुलेको हो ।
अध्यक्षका प्रत्याशी चन्द्र रिजाल समुहले पूर्वघोषित मितिअनुसार नै निर्वाचन सम्पन्न गर्नेगरी सबल नेतृत्व चयनका लागि तत्काल प्रक्रिया अगाडि बढाउन माग गरेका थिए । टानले मृतक परिवारलाई २ लाख ५० हजार दिनु पर्नेमा तत्काल ७५ हजार दिने सहमती भएपछि मजदुर संगठनले ताला खोलेको थियो । ताला खुलेपछि टान वर्तमान कार्यसमितिले २८ असोजमा साधारणसभा दोस्रो मिति तय गरेको छ ।

को को छन् चुनावी मैदानमा ?
आगामी नेतृत्वका लागि नेकपा (एमाले), नेपाली कांगे्रस र एमाओवादी निकट व्यवसायीहरुको प्यानल बनेको छ । तीन वटै पार्टी निकट व्यवसायीको आ आफ्नै उम्मेदवार भएका कारण त्रिपक्षिय भिडन्त हुन लागेको हो ।
एमालेनिकट व्यवसायीको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन, माओवादीनिकट एकीकृत पर्यटन व्यवसायी सङ्गठन (युटिन) र ट्रेकिङ क्षेत्रमा प्रतिस्ठित व्यवसायी शेर्पा समुदाय, बैद्य माओवादी र विप्लप माओवादी निकटका केही पर्यटन व्यवसायीलाई समेट्दै चन्द्र रिजालको चुनावी मैदानमा उत्रिएका छन् । रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष समेत हुन् । रिजाल समुहको वरिष्ठ उपाध्यक्षमा टासी शेर्पा, प्रथम उपाध्यक्षमा तेजबहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा रहेका छन् । त्यस्तै महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषाध्यक्षमा नुरुजाङ्बु शेर्पा र सहकोषाध्यक्षमा कृष्णमान श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रुद्र जंग अधिकारी (सम्भु), तारानाथ लामिछाने (दिनेश), सुर्य घिमिरे, देवी पाण्डे, प्रेम गुरुङ, बासुदेव लम्साल, दावा लामा तामाङ, ङावा ङिमा शेर्पा र वान्छु शेर्पा रहेका छन् ।
त्यस्तै कांगे्रसनिकट राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट)ले कुलबहादुर गुरुङको अध्यक्षतामा छुट्टै समुह बनाएको छ । गुरुङ समुहको वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्षमा खुमबहादुर सुवेदी, द्धितीय उपाध्यक्षमा एलपी शेर्पा, महासचिवमा पासाङ शेर्पा, सचिवमा छेतुप तामाङ, कोषाध्यक्षमा लिला बल्लभ र सहकोषाध्यक्षमा विद्या हिराचन रहेका छन् ।
त्यस्तै एमाओवादी निकट मानिने नेपाल पर्यटन व्यवसायी मञ्चले सागर पाण्डेलाई अध्यक्षमा अघि सारेको छ । पाण्डे समुहको वरिष्ठ उपाध्यक्षमा कामीरिञ्जी शेर्पा, प्रथम उपाध्यक्षमा तिलक थापा मगर, द्धितीय उपाध्यक्षमा आङछेतार शेर्पा, महासचिवमा आङ तेन्जिङ शेर्पा, सचिवमा ऋषि नेपाल, कोषाध्यक्षमा महेश बुढामगर र सहकोषाध्यक्षमा धनबीर गुरुङ रहेका छन् ।
व्यवसायीहरुको विश्लेषण अनुसार अध्यक्षमा उम्मेदवारमा चन्द्र रिजाल अघि देखिएका छन् । एमालेनिकट व्यवसायी, एमाओवादीको आधिकारिक संगठन (युटिन) वैद्य र विप्लव निकट व्यवसायी र शेर्पा समुदायका व्यवसायीको संयुक्त प्यानल भएका कारण रिजाल समुह बलियो देखिएको हो ।