नेपालगञ्ज नाकाबाट इन्धन बोकेका गाडी भित्रिंदै

366 पटक पढिएको

सम्पादक: Dhading News

  jasबाँके, असोज १६ – नेपालगञ्जस्थित नेपाल–भारत जमुनाह नाकाबाट शनिबार बेलुकादेखि मालबाहक गाडी भित्रिन थालेका छन् । यसअघि बिहान ३ वटा मालबाहक सवारी साधन भित्रिएपछि मधेसी दलका कार्यकर्ताको अवरोधका कारण अरु गाडीहरु भारतमै रोकिएका थिए । सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार बेलुकादेखि भने गाडीहरु नेपाल प्रवेश गर्न सुरु भएको छ । गाडीको अगाडिको लाइनमा तरकारी, फलफूल बोकेको ट्रकको लामो लाइन छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख श्रीचन्द्र श्रेष्ठका अनुसार शनिबार भारतीय भन्सारले इन्धन बोकेको १० वटा ट्याङ्कर नेपाल प्रवेशका लागि अनुमती दिएको छ । भारततर्फ पुगेका आन्दानकारीले अवरोध गरेपछि ती सवारी साधन दिउँसो नेपाल भित्रिन नपाएका हुन् ।   निगमका अनुसार सीमापारी इन्धनका अझै २७ ट्याङ्कर रोकिएका छन् ।

निगमले खाली ट्याङ्कर भारत पठाउने तयारी थालेको छ । तर भारतीय डिपोहरुबाट प्रभावकारी अनलोड नभएको निगमले जनाएको छ । नौ दिनदेखि सीमामा अघोषित नाकाबन्दी गरेको भारतले बिहीबारदेखि नेपालगञ्जस्थित जमुनाह नाकामा खुकुलो बनाएको हो ।  बिहीबार र शुक्रबार इन्धन बोकेका २० बढि गाडी नेपालगञ्ज नाका भएर नेपाल प्रवेश गरेका थिए ।