एमालेको नेतृत्व कांग्रेसले नमान्ने,सुशीलले भने,‘प्रधानमन्त्री मै हुन्छु’

328 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं – बालुवाटारमा शनिाबार साँझ साढे ६ बजे प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच सरकार निर्माणबारे छलफल भयो । प्रचण्डले १६ बुँदे सहमति गर्दा भएको अनौपचारिक सहमति अनुसार राष्ट्रिय सरकार बनाउनु पर्ने प्रस्ताव गरे ।
तर, प्रधानमन्त्री सुशील कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार गरे । उनले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रचण्डसँग प्रस्ताव गरे । एमालेलाई प्रतिपक्षमा राखेर बहुमतीय सरकार गठनतिर लाग्नुपर्ने पनि उनको भनाइ रहेको स्रोतले बतायो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।