नाकाबन्दीेले वैदेशिक रोजगार प्रभावित, कामदारको माग घट्यो –
418 पटक पढिएको
१७ असोज, काठमाडौं । तराई आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण वैदेशिक रोजगार प्रभावित भएको छ । मधेसवादी दलले आन्दोलन थालेपछि अधिकांश ब्यवसायीले विदेशबाट कामदारको डिमान्ड ल्याउन बन्द गरेका छन् ।
कामदार पठाउँन सकिने निश्चित नभएकाले तत्काल डिमाण्ड ल्याउन रोकिएको ब्यवसायीले जानकारी दिएको अन्नपूर्ण पोष्टमा खबर छ ।
कतिपय रोजगारदाता कम्पनीकै ब्यक्ति कामदारको अन्तर्वार्ता लिन आउनुपर्ने भएकाले पनि समस्या थपिएको हो । भारतले शनिवार नाकाबन्दी खोल्ने निर्णय गरे पनि तराई आन्दोलन जारी रहेको र दशैंनजिकै आइरहेकोले अब मंसिरदेखि मात्रै रोजगारीमा जाने युवाको संख्या बढ्ने ब्यवसायी बताउँछ ।
ब्यवसायीका अनुसार यतिबेला कुनै पनि मुलुकका रोजगारदाता नेपालमा आउन तयार छैनन् । नेपालबाट कामदार लिने रोजगारदातामध्ये ३० प्रतिशतले यहाँ आएर अन्तर्वार्ता गर्छन् ।