जनतामा २ लाखको अन्यौलता, अनुगमन टोलीलाई देखाउन धराप घर भत्काएनन्

770 पटक पढिएको

सम्पादक: Dhading News

gharधादिङ– असोज १७, भुकम्प पीडित नागरीकहरुलाई सरकारले घर निर्माणको लागि दिने भनेको २ लाख रुपैँयाले नयाँ घर निर्माणको लागि अन्यौलता बनाएको छ । आफुखुसि घर बनाउदा सरकारले दिने २ लाख रुपैयाँ नदिने होकी भन्ने चिन्ताले नागरीकहरुले घर निर्माण गरेका छैनन् । बैशाख १२ गते गएको विनाशकारी भुकम्पको कारण भत्किएका घरहरु पनि गाउँमा जस्ताको तस्तै रहेको छ । घर अवलोकन गर्न आउदा टोलीलाई देखाउनको लागि धराप घर भत्काएका छैनन् । तत्कालको लागि सरकाले वितरण गरेको १५ हजार र विभिन्न संघ संस्थाहरुले वितरण गरेको पैसा तथा जस्तापाताबाट निर्माण गरीएको अस्थाई टहरोमा नागरिकहरु बसीरहेका छन् । सरकारको नीति आउला र घर बनाउला भनेर बसेका नागरिकहरु जोखीम मोलेरै पनि चर्कीएको घरमा बसीरहेका छन् । आफुसँग घर निर्माणको लागि पैसा भएका नागरीकहरु पनि सरकारले दिएको पैसाबाट घर बनाउला भन्नाले पुनःनिर्माणमा नै समस्या परेको छ । फाँदमा पैसा नहुनेहरुले त तत्काल घर निर्माण गर्न सक्दैनन् तर पैसा हुनेहरु पनि सरकारको मुख ताक्दा भत्किएको घरकै छेउमा अस्थाई टहरो बनाएर बसीरहेका छन् । भुकम्प पश्चात सरकारले घर निर्माणको लागि दुई लाख दिने भनेको समाचारबाट सुनेका नागरीकहरु अहिले दुखी बनेका छन् । सरकारले घर निर्माणको लागि दिने भनेको दुईलाख रुपैँयाको बारेमा जनताहरुलाई बुझाउन नसक्दा समस्या पैदा भएको हो ।