महाकाली उमाविमा स्वास्थ्य शिविर सम्पन्न, ७ सय भन्दा बढी विरामीको निशुल्क स्वास्थ्य उपचार

436 पटक पढिएको

सम्पादक: Dhading News

SAMSUNG CAMERA PICTURESभुमेस्थान – महाकाली उच्च माध्यमिक विद्यालयमाभुमेस्थान ६ सिम्लेमा रहेको शनिबार निशुल्क स्वास्थ्य शिविर भएको छ । स्टार अस्पताल सानेपा ललितपुर र जगत बहादुर थापा स्मृती सँस्था भुमेस्थानको आयोजनामा सम्पन्न कार्यक्रममा ७ सय जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएको आयोजकले जनाएको छ । विशेषज्ञ डाक्टरहरुको समुहले हाडजोर्नि तथा नशा रोग, मुटु रोग आँखा रोग, दन्त रोग, नाक, कान तथा घाँटी, जनरल फिजीसियन लगायत रोगहरुको निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण भएको थियो ।
यसैगरी स्वर्गिय जगतबहादुर थापाकी श्रीमती ९६ वर्षिया कृष्णमाया थापाको पेवा सम्पतीबाट नेपाल सरकारको सहुलियत दरमा खरिद गरिएको एम्बुलेन्स जगत बहादुर स्मृती सँस्थाका अध्यक्ष राजु थापालाई हस्तान्रण गरिएको छ ।धादिङको भुमेस्थान, नौबिसे, थाक्रे, गोगनपानी, बैरेनी, गजुरी लगायत गाविसहरुका विभिन्न १८ वटा सँघ सँस्थालाई स्टार हस्पिटल सानेपा ललितपुरको सौजन्यमा प्राप्त स्ट्रेचर वितरण गरीएको छ ।