“अपराध अनुसन्धान” सम्वन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

policeधादिङ– “अपराध अनुसन्धान” सम्वन्धि दुई दिने अनुशिक्षण कार्यक्रम आईतबार धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय,धादिङ को आयोजना, चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ सह आयोजना र सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको सहयोगमा सञ्चालन गरीएको प्रहरी कर्मचारीहरुका लागी “अपराध अनुषन्धान” सम्वन्धि अनुशिक्षण कार्यक्रम धादिङवेशीमा सम्पन्न भएको हो  । कार्यक्रममा जिल्लाभित्र रहेका इलाका ,स्थायी,अस्थाई प्रहरी कार्यालयका प्रहरी इन्चार्ज,मुद्धा फाटमा कार्यरत प्रहरीसहित ४८ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले अनुशिक्षण को औपचारीक शुरुवात र उद्धेश्य माथी प्रकाश पार्नुभएको थियो । अनुशिक्षणमा आप्रवासनको अवस्था,यसको अवसर र चुनौती,आप्रवासनलाई सुरक्षित वनाउनका लागी अपनाउन पर्ने प्रक्रियाहरु र आप्रवासनमा भएको समस्यालाई न्युनीकरण गर्नका लागी प्रहरी संग समन्वय गरी कसरी जान सकिन्छ भन्ने विषयमा सामी हेल्भेटासका जिल्ला परियोजना संयोजक कमल रोकाय र सिड्स को सामी परियोजना संयोजक गंगा सुवेदी ले सहजीकरण गनुभएको थियो ।

मानव तस्करी र वेचविखन को अवस्था यसका कानुनी प्रावधान यस किसिमको समस्या न्युनीकरणको लागी प्रहरीको भुमिका र आप्रवासन लाई सुरक्षित वनाउनका लागी प्रहरीले गर्न सक्ने सहयोग यस विषयमा प्रहरी नायव उपरिक्षक सविन प्रधान ले सहजीकरण गर्नुभएको थियो । अनुशिक्षण कार्यक्रमको समापन समारोहमा सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सामी परियोजनाको साझेदारीमा सस्थाले गरेको यस प्रकारको सहकार्यले प्रहरीमा सिप विकास गरी समाजमा हुने मानव तस्कर नियन्त्रण गर्न उल्लेखनिय भुमिका खेल्ने वताउनु भयो  । साथै कार्यक्रममा जिल्ला न्यायधिस ठाकुर प्रसाद शर्माले प्रहरी र अदालतको सम्वन्धलाई अझ प्रभावकारी वनाउन यस किसिमको कार्यक्रमले सहयोग मिल्ने न्याय सम्पादनमा प्रभावकारीता ल्याउन यस किसिमको कार्यक्रम महत्वपूर्ण हुने भएकोले सहयोग प्रति धन्यवाद दिनुभयो । समापनको अवसरमा प्रमुख अतिथि न्यायाधिस ठाकुर प्र. शर्मा,विशेष अतिथि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे वाट अनुशिक्षण कार्यक्रममा सहभागीहरुका लागी प्रमाणपत्र वितरण गरीएको गर्नुभएको थियो ।