दसैँको साइत सार्वजनिक

672 पटक पढिएको

सम्पादक: Dhading News

252e8-dashainकाठमाण्डौं –नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत  सार्वजनिक गरेको छ । घटस्थापनाको साइत असोज २६ गते बिहान ११ बजेर २५ मिनेटमा रहेको जनाउँदै समितिले सरकारी कार्यालय र सेनाको झन्डा फेर्ने साइत असोज २७ गते बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको उल्लेख गरेको छ । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमका अनुसार कात्तिक ३ गते फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा छ । फूलपाती भित्रयाउन भने साइतको आवश्यकता नपर्ने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले जानकारी दिनुभयो । कात्तिक ५ गते महानवमी र विजयादशमी एकै दिन परेको छ । कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको गौतमले बताउनुभयो ।