नेपाल–भारत सीमा नाकामा भएको अवरोध बारे छलफल

589 पटक पढिएको

सम्पादक: Dhading News

images (4)नेपाल–भारत सीमा नाकामा भइरहेको अवरोध हटाउने बारेमा दिल्लीस्थित नेपाली दूतावासले सोमवार भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । भारतीय विदेश मन्त्रालयमा भएको छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव हुँदा जनताले सास्ती भोग्नु परेको भन्दै आपूर्ति सहज बनाउन आग्रह गर्नु भएको थियो । राजदूत उपाध्यायले भारततर्फबाट  आपूर्ति व्यवस्था सहज बनाउने घोषणा गरिए पनि त्यो कार्यान्वयन नभएको बारेमा आफूले अवगत गराएको जानकारी दिनुभयो । जवाफमा भारतीय अधिकारीले परिणाममा देखिनेगरी आपूर्ति व्यवस्थामा सहज हुने जानकारी गराएको राजदूत उपाध्यायले बताउनुभयो । काम अघि बढिरहेको र परिणाम देखिने गरी चाडैनै सीमाको आवतजावत तथा इन्धन आपूर्तिमा सुधार आउनेमा भारतीय पक्षले आश्वासन दिएको छ । भारतका लागि नेपाली राजदूत उपाध्याय, नेपाली दूतावासका डेपुटी प्रमुख कृष्ण ढकाल, कोलकतास्थित नेपाली महावाणिज्य दूत चन्द्र घिमिरे र दूतावासका सहसचिव ढुण्डिराज पोखरेलले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल गर्नु भएको थियो ।