पेट्रोलियम पदार्थ वितरणको नयाँ मापदण्ड

878 पटक पढिएको

सम्पादक: Dhading News

nocकाठमाडौं, -नेपाल आयल निगमले पेट्रोलियम पदार्थ वितरणको नयाँ मापदण्ड ल्याएको छ । निगमले असोज १९ गतेदेखि नै लागु हुनेगरि इन्धन वितरणको नयाँ कार्यतालिका अघि सारेको हो ।

नयाँ कार्यतालिका अनुसार सार्वजनिक तथा पर्यटन सवारी साधनले जोर बिजोर नम्बर र जोर बिजोर नै गते पेट्रोलियम पदार्थ पाउनेछन् ।

जस अनुसार माइक्रोबसले १५ लिटर, मिनिबसले २० लिटर तथा ठुला बसले ३० लिटर पेट्रोलियम पदार्थ पाउनेछन् ।

अति आवश्यक ढुवानीमा संलग्न पिकअप भ्यान तथा डेलिभरी भ्यानलाई जोर बिजोर दिन र नम्बर पारेर १० लिटर उपलब्ध गराईनेछ ।
petrol
एम्बुलेन्स तथा दमकलले दैनिक १० लिटर प्राप्त गर्नेछन भने अति आवश्यक सेवामा प्रयोग हुने जेनेरेटरले सिमित मात्रामा इन्धन पाउनेछन् ।
यस्ता जेनेरेटरहरुले प्रहरी कल्याण कोष पम्प नक्साल र शक्तिदेवी पम्प लगनखेलबाट मात्रै जर्किन र बोतलमा सिमित मात्रामा इन्धन पाउनेछन् । त्यस्तै, ट्याक्सीहरुले हप्तामा दुई दिन आइतबार र सोमबार जोर बिजोर नम्बरलाई उपलब्ध गराईनेछ ।

मोटरसाईकल, कार, जीप लगायत निजी सवारीलाई तेल नदिने अडान निगमले लिएको छ ।