कृषि औजारमा ७५ प्रतिशत अनिर्वाय अनुदानको व्यावस्था हुनुपर्छ ःराष्ट्रिय समूह कृषक महासंघ धादिङ

554 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–असोज, राष्ट्रिय समूह कृषक महासंघ धादिङले मंगलबार सदरमुकाम धादिङबेसीमा पत्रकार सम्मेलन गरेर आफ्नो १९ बुँदे माग सार्वजनिक गरेको छ । कृषि पेशालाई नेपालमा अपहेलित गर्ने गरेको भन्दै पेशालाई सम्मानित बनाउनको लागि भन्दै महासंघले यसलाई मर्यादित बनाउन १९ बुँदे माग समेत सार्वजनिक गरेको हो । आज धादिङको सदरमुकाम धादिङबेसीमा पत्रकार सम्मेलन आयोजना गरी महासंघ जिल्ला कार्य समिति धादिङले आप्mना मागहरु सार्वजनिक गरेको हो । राष्ट्रिय समूह कृषक महासंघ धादिङ धादिङका अध्यक्ष कमलबहादुर गुरुङले कृषि भू–उपयोग नीति कार्यन्वयन गर्न, मल वीउ र कृषि औजारमा ७५ प्रतिशत अनिर्वाय अनुदान दिने व्यवस्था गर्नपेशालाई सम्मानित र मर्यादित रुपमा हेर्न, किसान परिचयपत्र तत्काल कार्यन्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । यसैगरीकृषि नीति निर्माण तह र कृषि विकास समतिमा राष्ट्रिय कृषक समुह महासंघ, नेपालको सहभागिता अनिवार्य गरिनु पर्ने, हावा, पानी, माटो सुहाउँदो बालीको पकेट क्षेत्र तोकिनु पर्ने कृषि बिमा लागुगर्नुपन,अनुपातमा कृषि उपजको न्यूनतम बजार मूल्य तोकिनु पर्ने, , कृषि मैत्री विकास पूर्वाधारहरु निर्माण हुनु पर्ने, प्राकृतिक श्रोतमा किसानको स्वामित्व स्थापित हुनु पर्ने मागहरु उल्लेख गरिएको छ ।