रविन्द्र मिश्रको कविता सुन्न २ घण्टाको कार्यक्रममा ४ लाख को टिकट विक्री

577 पटक पढिएको

सम्पादक: Dhading News

rabindra
हेटौडा-बिबिसी नेपाली सेवाका सम्पादक तथा कवि रविन्द्र मिश्रको एकल कविता बाचन कार्यक्रमा एकैदिन ४ लाखको टिकट विक्री भएको छ । सडक बालबालीका तथा असहाय उद्धार तथा पुर्नश्थापना गर्दै आएको मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ विशेष रुपमा आयोजित कार्यक्रममा शनिवार भएको २ घण्टाको कार्यक्रममा ४ लाखको टिकट विक्री भएको हो । परोपकारी कविता वाचकको रुपमा मिश्र मानवसेवा आश्रमको निमन्त्रणामा हेटौँडा आएका हुन । कार्यक्रमको प्रमुख तथा विशेष आकर्षणको केन्द्र रहेका मिश्रले पहिलो कविताको रुपमा शर्माले आमा शिर्षकको कविता वाचन गरी सुरुवात गरेका थिए । त्यसपछि श्रीमतीको महत्वको कविता सगैँ कार्यक्रममा उपस्थित श्रोताहरुलाई मन्त्रमुग्ध बनाएका थिए । शशुल्क आयोजना गरीएको कार्यक्रममा मिश्रको कविता सुन्नको लागी १ हजार रुपैँया पबेश शुल्क तोकिएको थियो । मानव सेवा आश्रमको कामबाट प्रभावित भएका बताउदै यस अभियानलाई साथ दिन दोस्रो पल्ट हेटौँडा आएका मानव सेवा आश्रमका प्रमुख अभियन्ता रामजि अधिकारीले बताउनुभयो । सर्वोकृत्ष्ठ जीवन शाश्वत चिन्तनका नारासहीत विगत २८ महिना अघीदेखी हेटौँमा मानवसेवा आश्रम सञ्चालित छ । आश्रमा सडकमा भौँतारीरहेको मानसिक सन्तुलन गुमाएका तथा असहाय तथा अनाथहरुको उद्धार उपचार र पुर्नस्थापना गर्दै आइरहेको छ । एकल कविता बाचन कार्यक्रमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको प्रमुख अतिथी तथा अरुणराज सुमार्गीको अध्यक्षतामा कार्यक्रम भउको थियो ।