दसैंअघि सभामुख, पछि राष्ट्रपति

378 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं – दोस्रो जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभादेखि निरन्तर संसद्को नेतृत्व गरेका सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिने तयारी गरेका छन् । सांसद सचिवालय स्रोतका अनुसार बुधबार सुरु हुने सभामुख निर्वाचन प्रक्रिया असोज २९ भित्रै निष्कर्षमा पुग्ने छ । राष्ट्रपति चयनको प्रक्रिया भने कात्तिक १० गतेबाट सुरु गर्ने सविचालयको तयारी छ ।

राष्ट्रपति चयनको प्रक्रिया भने कात्तिक १० बाट सुरु गर्ने सचिवालयको तयारी छ । व्यवस्थापिका संसद्को अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुख र एक महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुन्छ । दुवै पदमा सर्वसहमति नभए निर्वाचनबाट बहुमतले छानिन्छ । सभामुखको निर्वाचन खुला मतदानबाट र राष्ट्रपतिको गोप्य मतदानबाट गर्ने व्यवस्था छ ।