धादिङका प्रमुख जिल्ला अधिकारी घिमीरेको विदाई

616 पटक पढिएको

सम्पादक: Dhading News

cdoधादिङ–नेपाल पत्रकार महासंघ धादिले मंगलबार एक कार्यक्रमको आयोजना गरी धादिबाट सरुवा भई अध्यागमन विभाग जान लाग्नुभएका धादिका प्रमुख जिल्ला अधिकारी बासुदेव धिमिरेलाई विदाई गरेको छ । नेपाल पत्रकार महासंघको सभाहलमा आज एक विशेष कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी घिमिरेलाई विदाई गरिएको हो । विदाई कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले धादि भूकम्प पछि धादिका संचारकर्मीहरुले खेलेको भूमीकाको प्रसंसा गर्नुभयो ।–‘विपदका बेला धादिका संचारकर्मीहरुले जे गर्नपर्ने थियो त्यो गरे’ प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई थियो । भूकम्पले क्षति पु¥याएको जिल्लाका सबै गाउँहरुको सूचना दिएर जिल्ला दैवी प्रकोप उद्धार समितिको काममा अपुरणीय सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी धिमिरेले पत्रकारहरुको प्रसंसा गर्नुभएको थियो । विदाई कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले प्रमुख जिल्ला अधिकारी धिमिरेलाई प्रसंसा पत्र, ढाका टोपी र टीका लगाएर विदाई गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बन कायालय धादिङका प्रमुख (कर्मचारी मिलन केन्द्रका अध्यक्ष राजेन्द्रमान सिंह भण्डारी, प्रहरी नाउव उपरीक्षक सविन प्रधान लगायत विविभन्न मिडिया हाउसका प्रमुख एवम् प्रतिनिधहरु लगायत क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।