पहिलो सम्भोग कसरी सुरु गर्ने ?प्रथम सम्भोगको कल्पना मधुर हुन्छ, …….
1569 पटक पढिएको

डा. सुबोधकुमार पोखरेल
प्रथम सम्भोगका सम्बन्धमा आफ्ना संगिनीसँग भएका चर्चा परिचर्चालाई आधार बनाएर स्त्रीहरू सशंकित हुन्छन् । प्रथम सम्भोगको कल्पना मधुर हुन्छ, साथै अनेकौं किसिमका भयले पनि मनमा डेरा जमाएको हुन्छ । अधिकांश युवतीको मनमा प्रथम सम्भोगका बेला कौमार्य झिल्ली फाट्दा निकै पीडा हुन्छ, धेरै रगत बग्छ, योनी घाउले छियाछिया हुन्छ भन्ने आशंका व्याप्त हुन्छ ।
लाज र संकोच त पहिले नै उनको मनमा हुन्छ । यसरी प्रथम सम्भोगको अवसर आउञ्जेल स्त्रीको मानसिक एवं शारीरिक अवस्था विचित्र हुनपुग्छ । एकातिर यस अवस्थामा मानसिक तनावले मन प्रभावित हुन्छ भने अर्कोतिर प्रथम प्रणय सम्भोगको मधुर कल्पना पनि हुन्छ । पुरुषले प्रथम सम्भोग गर्ने बेला स्त्रीको मन र शरीरका प्रत्येक अंगमा तनाव र मिठास एकै पटक व्याप्त हुन्छ । सम्भोगको प्रमुख अंग योनि, तनावका कारण कहिलेकाही संकुचनको स्थितिमा पुग्छ ।
यसैगरी, योनीमार्ग पनि अत्यन्त साँघुरो हुन्छ । यस अवस्थामा कौमार्य झिल्ली पनि कायम छ र केहीगरी पुरुष, योनिमा आफ्नो लिंग प्रवेश गराउन सफल भयो भने पातलो झिल्ली फाटने पीडासँगै समग्र योनी साँघुरिएकाले थप पीडा पनि महसुस हुनसक्छ । लिंगलाई भित्र धकेल्ने वा सामान्य घर्षणको प्रयासमा योनीको साँघुरो भित्तामा घाउ पनि हुनसक्छ । बढी मात्रामा र ढिलोसम्म रक्तश्राव हुने अवस्था समेत आउनसक्छ ।
यस्तो कष्टप्रद प्रथम सम्भोगको प्रतिक्रिया स्त्रीको मनमा कस्तो पर्छ सजिलै अनुमान लगाउन सकिन्छ । यस अवस्थामा, स्त्रीले नै पहिले विवाह भएका आफ्ना संगिनीबाट प्रथम सम्भोगको पीडा बढाईचढाई सुनेका छन् भने स्त्रीहरुमा डर व्याप्त हुनसक्छ । यस किसिमको सम्भोगबाट स्त्रीलाई कुनै आनन्द प्राप्त हुनसक्छ ? यस्तो पीडादायी स्थितीलाई आत्मसात् गरेर उनले पटक पटक यस्तो कष्ट सहन स्वीकार गर्छिन ? उनको मनमा सम्भोगप्रति भय एवम् घृणाको भावना उत्पन्न हुदैन र ?यी प्रश्नहरु अत्यन्त महत्वपूर्ण छन् ।
यस्तो परिस्थितिका लागि स्त्री र पुरुष दुवै जिम्मेवार हुन्छन् । त्यसमा पनि पुरुष बढी र स्त्री कम । सम्भोगक्रियाको पहल पुरुषद्धारा हुन्छ । योनिमा लिंग प्रवेश गर्न पुरुष नै क्रियाशिल हुनुपर्दछ । यस कारण पुरुषले स्त्रीलाई पीडाको सट्टा आनन्दको अनुभूति हुने हरसम्भव उपायहरु अपनाई सम्भोगक्रिया सम्पादन गर्नुपर्छ । स्त्रीको जिम्मेवारी के हो भने उनीमा रहेका मिथ्या, भ्रम तथा संकोच त्यागगरेर सुविधाजनक तवरबाट पुरुषले सहयोग गरून, स्त्रीले सम्भोगक्रिडाको दौरान आफ्नो मनमा लागेका कुराहरु तथा कति बेला कस्तो महसुस हुँदैछ यसको खुलासा गर्दै प्रथम सम्भोग तर्फ अग्रसर हुनसकुन् । त्यस्तै पुरुषको तर्फबाट ध्यान दिनु पर्ने कुराहरु अझ बढी छन् ।
विवाहपछि पहिलो सम्भोग सुहागरातमा गर्नैपर्छ भन्ने अनिवार्यता छैन । अनुकुल परिस्थिती र स्त्रीको सहयोग पाएमा पहिलो, दोस्रो वा तेस्रो रात्रीमा सम्भोग गर्न सकिन्छ । तर सम्भोग आनन्ददायी होस् भन्ने कुरातर्फ ध्यान पु¥याउनुपर्छ ।
पीडारहित सफल सम्भोगका लागि पुरुषले प्रेमपूर्ण कुराकानीद्धारा स्त्रीको संकोच तथा डर हटाउनु आवश्यक छ । वार्तालापमैत्री सम्भोग वा यौनसम्बन्धी ज्ञान भए नभएको बुझ्नुपर्छ । यदि उनी यसबारे केही जान्दिनन् भने यौनसम्बन्धी ज्ञानवद्र्धन पुस्तक तथा पत्रपत्रिका पढ्न दिनुपर्छ । यसका साथै अंकमाल, चुम्बन तथा अन्य यौनक्रिडाबाट स्त्रीको मन बहलाउनु पर्दछ । यी यौनक्रिडाले स्त्रीको मन तथा शरीरमा आनन्द एवम् उत्तेजना उत्पन्न भई उनको संकोचमा कमी आउँछ ।
यसबाट मानसिक डर कमगर्न सहयोग मिल्छ । पुरुषले ब्झ्नु पर्ने अत्यन्त जरुरी कुरा के छ भने स्त्री शरीरमा तनाव हुँदा र उनको संकुचित योनिमार्गले यसलाई स्वाभाविक रुपमा ग्रहण गर्दैन । योनिका भित्ता संक्रिणहुँदा लिंगले सहजरुपमा अगाडि बढ्ने मार्ग पाउदैन । लिंगलाई अझ भित्र पु¥याउन आतुर पुरुषले पटक पटक शक्ति लगाएपछि योनिमार्गमा घाउ हुन्छ । यसबाट स्त्रीले पीडा अनुभव गर्न थाल्छिन । पुरुषले प्रतिरात र पटक पटक सम्भोग गर्ने प्रयास गरेपछि योनिको आलो घाउ पुरिदैनन् फलस्वरुप दुखाई बढ्दै जान्छ ।
प्रथम सम्भोगका बेला स्त्रीले आफूलाई तनावमुक्त पारेर शरीरलाई सहज अवस्थामा छाडिदिनुपर्छ । यसो गरिएमा लिंगको प्रवेश योनिभित्र सरल रुपमा हुन्छ । योनिमा घाउ हुने सम्भावना पनि हुँदैन । यसरी स्त्रीले प्रथम सम्भोग पीडा भोग्नु पर्दैन । सबै स्त्रीको योनीको बनावट एकसमान हुँदैन । अतः पुरुषले सम्भोगक्रिडाका दौरानमा औंलाबाट छामेर स्त्रीको योनिको बनोट थाहा पाउनुपर्छ । कौमार्य झिल्ली छ वा छैन, छ भने कस्तो किसिमको छ ? यो जानकारी योनीमा लिंग प्रवेश गराउने बेला सहायक हुन्छ । कुनै पनि स्त्रीले रात्री वा दिनको प्रकाशमा प्रथम सम्भोग गराउदा मन पराउँदिनन् ।
यस्तो गरिएमा उनको लाज एवम् संकोच अझ ठूलो बाधा बन्न पुग्छ । यसकारण स्त्रीको इच्छाअनुसार मधुरो उज्यालोमा वा अँध्यारोमा गर्नुपर्छ । सामान्य रुपमा प्रथम सम्भोग स्त्रीलाई मुनी पारी पुरुषले माथिबाट गर्नु उपयुक्त हुन्छ ।
स्त्रीको कम्मरमुनि कोमल सिरानी राखेर योनिलाई उचालेर राख्नुपर्दछ यसरी गर्दा लिंग प्रवेशमा सजिलो हुन्छ । प्रथम सम्भोगपछि योनिमा लिंग प्रवेश जुनसुकै कोणबाट गर्न सकिन्छ किनभने त्यसपछि लिंगले योनीभित्र प्रवेश गर्न अप्ठ्यारो हुँदा स्त्रीले पुरुषलाई सहयोग गर्नुपर्छ । उनले आफ्नो हातमा समातेर प्रथम लिंगलाई योनिभित्र प्रवेश गराउनु सम्भोगको सफलताको प्रभावकारी एवम् सुखद् आधार बन्न पुग्छ ।
योनिमा एक प्रकारको जाली रहेको हुन्छ, त्यसैलाई कौमार्ग झिल्ली भनिन्छ । यदि त्यो झिल्ली च्यातिसकेको भए पुरुषले स्त्रीलाई कुमारी नरहेको शङ्का गर्न थाल्दछ । जाली सुरक्षित भएको खण्डमा ऊ आफ्नो श्रीमती वा यौन साथी कुमारी नै छन् भन्ने सन्तोष गर्छ । तर यो धारण राख्नु ठूलो भ्रम हो । यो जाली विवाहभन्दा पहिला विनासम्भोग पनि फाट्न सक्छ । खेल्दा, नृत्य गर्दा, साइकल चढ्दा, चोटपटक लाग्दा पनि जाली स्वतः च्यातिन सक्छ ।
त्यसैले जालीको धारणबाट नारीलाई पवित्र वा अपवित्रको संज्ञा दिन मिल्दैन । पहिलो सम्भोगमा वा योनिच्छेदन च्यातिएमा स्त्रीलाई पीडा र रक्तस्राव हुन्छ । केही समयपछि पीडा कम हुन्छ र रक्तस्राव स्वतः
बन्द हुन्छ ।
– डा. सुबोधकुमार पोखरेल, वरिष्ठ यौनरोग बिशेषज्ञ