धादिङमा ऋणीलाई मात्रै नयाँ नोट

423 पटक पढिएको

सम्पादक: Dhading News

new-note-445x293धादिङ,२८ असोज- नेपाल राष्ट्र बैंकले दसैंको लागि एक जनालाई २२ हजार रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने बताएपनि धादिङका सर्वसाधरणले भने त्यो सुबिधा पाएका छैनन । राष्ट्रिय वाणिज्य बैक धादिङ शाखाले दसैंलाई लक्षित गरि नयाँ खुद्रा नोटको बितरण नगरेपछि दशैमा नयाँ नोट लिने सर्वसाधरण रहर अपुरै रहेको हो । सेवाग्राहिले खुद्रा नोटको माग गर्न थालेपनि अहिले सम्म वाणिज्य बैकले अहिले सम्म नयाँ नोट वितरण गरेको छैन । दशैंका लागि नयाँ नोट सटही गर्न राष्ट्रिय वाणिज्य वैक धादिङ शाखाले नयाँ निति ल्याएको छ । सर्बसाधरणका लागि बैकले नयाँ नोट साट्ने सुविधा नदिएपनि बैकवाट ऋण कारोवार गरिरहेकाहरुले भने नयाँ नोट पाईरहेका छन । सरकारी स्वामित्वको वाणिज्य बैकले आम सर्वसाधरणलाई नयाँ नोट नदिएपनि बैकबाट ऋण पाएकाहरुलाई भने नयाँ नोट वितरण गर्दै आईरहेको पाईएको छ । विगतका बर्षमा नयाँ नोट पाएका सर्वसाधरण यो बर्ष पनि नोट साट्नका लागि दिनहुं वाणिज्य बैक धाएपनि बैकले केन्द्रबाट नोट नआएको भन्दै खाली हात पठाईरहेको छ । बिहीवार बैक पुगेका सर्वसाधरणले दिनभर कुर्दा पनि नोट पाउन सकेनन तर बैकका प्रवन्धक केशवबाबु घिमिरेको ठाडो तोक आदेशमा ऋण शाखावाट ऋणिको नाममा निश्चित व्यक्तिले मात्र नयाँ नोट बुझेको धादिङबेसीका फर्निचर व्यवसायी इश्वर धरेलले वताउनु भयो । पैसा दिएर लिने नयाँ नोट पाउनका लागि पनि कोटा र तोक आदेश जारी गरेर बैकले सर्वसाधरणलाई विभेद गरिरहेको धरेलको गुनासो छ । बैकमा नयाँ नोट साट्ने काम प्रवन्धकको कार्यकक्षबाट भईरहेको गुनासो आएपछि त्यहां पुगेका सञ्चारकर्मीहरुले पनि यो विभेद भोग्नु परेको वताए । पहिला जानेलाई मागे जति नोट दिएपनि पछि जानेलाई भने बैकका प्रवन्धकले तोक लगाउन इन्कार गरेर खाली हात पठाएका थिए । समाचारदाता स्वयं ग्राहक वनेर प्रवन्धक घिमिरेको कार्यकक्षमा पुग्दा चिनजानका व्यक्तिलाई मात्रै नयाँ नोट दिईएको थियो । हरेक बर्ष दशैका वेला नयाँ नोट साट्न बैकमा आम सर्वसाधरणका भिड लाग्ने गर्दछ । विगतका बर्षमा समयमै नोट ल्याउन सकिएपनि यो बर्ष ढुवानीमा समस्या भएकाले माग भएजति नोट ल्याउन नसकिएको प्रवन्धक घिमिरेले वताए । शनिवार सम्ममा नोट ल्याउन सकेमात्रै सर्वसाधरणलाई वितरण गरिने घिमिरेले जानकारी दिए ।