फोकसको १३ आँै बार्षिक साधारण सभा सम्पन्न

475 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–असोज २९, सामुदायिक उत्थान पद्धतिका लागि मञ्च फोकस नेपाल धादिङको १३ आँै बार्षिक साधारण सभा बिहीबार धादिङबेसीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमराज छत्कुलीको अध्यक्षता, स्थानीय विकास अधिकारी भगवान अर्यालको प्रमुख आतिथ्य र जिल्ला शिक्षा अधिकारी गणेस प्रसाद ढकाल र गैरसरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालको विषेश आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न संघ–संस्थका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि लयायत संस्थका सदस्यहरुको सहभागिता रहेको थियो । साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथी भगवान अर्यालले राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले जिल्लाको विकास लक्ष तर्फ पयिोजनाहरु सन्चालन गर्नुपर्ने बताउनुभयो । स्थानीय स्तरबाट आएका आयोजनासँग मिल्ने गरी आफ्ना कार्यक्रम सन्चालन गर्न समेत आग्रह गर्नुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै विषेश अतीथिहरुले गैर सरकारी संस्थाहरुमा शुसासन र पारदर्शीता रहनुपर्ने बताउनुभयो । जिल्ला भित्र रहेको गैर सरकारी संस्थाहरु बीच समन्वय गरेर अगाडी बढे जिल्लाको विकासले गति लिने अतिथीहरुले स्पष्ट पार्नुभएको थियो ।