टानमा रिजाल समुह विजयी ,को हुन त रिजाल ?

1333 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_2598धादिङ–असोज २९,पर्यटन व्यवसायीहरुको संस्था टेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको नयाँ कार्यसमितिका लागि चन्द्र रिजालले नेतृत्व गर्नुभएको टिम विजयी भएको छ । राजधानीमा हिजो सम्पन्न मतदानका गएराति अवेर प्राप्त परिणाम अनुसार रिजाल नेतृत्वको समूह विजयी भएको हो । रिजालले ४ सय ११ र उहाँका निकटतम प्रतिद्वन्द्वी पाण्डे समूहले ३ सय ३२ मत प्राप्त गरेको थियो । यसैगरी बरिष्ठ उपाध्यक्षमा टासी लाक्पा शेर्पा, प्रथम उपाध्यक्षमा तेजबहादुर गुरुङ्ग, द्वितीय उपाध्यक्षमा रामप्रसाद सापकोटा, महासचिवमा कर्णबहादुर लामा, सचिवमा मुक्ति पाण्डे, कोषध्यक्षमा पाण्डे समूहका लिलावल्लव दाहाल (काका) विजयी हुनुभएको छ । उहाँले सोनाम ग्याल्जेन शेर्पालाई पराजित गर्नुभएको हो । सह–कोषाध्यक्षमा कृष्णमान श्रेष्ठ, सदस्यहरुमा रुद्रजंग अधिकारी, दिनेश लामिछाने, सूर्यबहादुर घिमिरे, देवी पाण्डे, डम्बरबहादुर अधिकारी, बासुदेव लम्साल, वाङ्छु शेर्पा, सरिता लामा र डाबा डिमा शृर्पा विजयी हुनुभएको छ । रिजाल एमाओवादी, बैद्य माओवादी र एमाओवादीबाट बाहिरिएका बाबुराम भट्टराई निकटका माओवादीको साथ र समर्थन रहेको थियो । यो सँगै उहाँका निकटतम प्रतिद्वन्ती काँग्रेस र एमाओवादीको समर्थनमा उम्मेद्वार बन्नुभएका सागर पाण्डे पराजित हुनुभएको छ । पाण्डे टानको निवर्तमान कार्यसमितिमा महासचिव समेत हुनुहुन्थ्यो ।

चन्द्रप्रसाद रिजाल,

प्रबन्ध निर्देशक, सी नेपाल ट्राभल एण्ड एड्भेन्चर
२ दशकदेखि पर्यटन क्षेत्रमा समर्पित धादिङ जिल्ला, खाल्टेमा जन्मनुभएका चन्द्रप्रसाद रिजाल टान निर्वाचन २०१५ मा अध्यक्षका प्रत्यासी हुनुहुन्छ । व्यवस्थापन विषय अन्र्तगत मानव संसाधन विकासमा स्नातकोत्तर गर्नुभएका सी नेपाल ट्राभल एण्ड एड्भेन्चरका सञ्चालक रिजालले पर्यटन बोर्डको भ्रष्टाचार विरुद्धको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष, दिगो पर्यटन सहकारीका अध्यक्ष, नेपाल ¥याफिटङ एण्ड क्यानोनिङ एशोसियसनको पूर्व उपाध्यक्ष, होटल डिप्लोम्याट प्रा।लि।को पूर्व प्रबन्ध निर्देशक र हाल मम्स होमका संचालक रहेका रिजालले हानको पूर्व केन्द्रीय सदस्य भई जिम्मेवारी बहन गर्दा मजदुर समस्या समाधान गर्न मुख्य भुमिका निभाउनुभएको थियो । विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गोष्ठीमा सहभागी हुन उहाँले भारत, चिन, थाइल्यान्ड, फिलिपिन्स, बेलायत लगायत बिभिन्न देशको भ्रमण गर्नुभएको छ । काम गर्नका लागि दुई वर्षको समय पनि धेरै हुने बताउने रिजाल विभिन्न व्यवसायिक तथा सामाजिक संस्थामा आबद्ध रहनुभएको छ । भूकम्प पछिको पर्यटन पुनरुत्थानमा राज्य र व्यवसायिलाई संगसंगै लैजाने अभियानमा हुनहुन्छ । पर्यटन मन्त्रालय अन्र्तगत रहेर नेपाल पर्यटन वोर्डको पुर्नसंरचना समिति सदस्य भई आफ्नो जिम्मेवारी बहन गर्नुभएका रिजाल राम्रो कामलाई फैलाउने, नराम्रोलाई औंल्याउने र सामाजिक सेवामा आफुलाई जीवनभर समर्पित गर्नुभएका सकारात्मक सोच राख्ने लगनशील, मिलनसार व्यक्तित्व हुनुहुन्छ । थोरै बोल्ने तर बोलेको कुरा पुरा गर्ने उहाँको बानी छ ।

फोटो फिचर

IMG_2563 (1)  IMG_2574 IMG_2598 IMG_2635 IMG_2646 IMG_2678 IMG_2700 IMG_2802 IMG_2830