महरा रेसबाट बाहिरिए, एमाओवादीबाट टोपबहादुरले सरकारको नेतृत्व गर्ने निश्चित –

408 पटक पढिएको

सम्पादक: Dhading News

mahara-top-bahadurकाठमाडौं–भयानक विवादपछि एकीकृत माओवादी महासचिव कृष्णबहादुर महरा उपप्रधानमन्त्री एव्म गृहमन्त्रीको दौडबाट बाहिरिएका छन् ।
उनी रेसबाट बाहिरिएलगत्तै एकीकृत माअ‍ोवादीका तर्फबाट सरकारको नेतृत्व पार्टी सचिव एव्म संसदीय दलका उप नेता टोपबहादुर रायमाझीले गर्ने करिव–करिव निश्चत भएको छ ।mahara top bahadur
पार्टीका तर्फबाट सरकारको नेतृत्व पाएपनि रायमाझीले गृह मन्त्रालय भने नपाउने भएका छन् । एकीकृत माओवादी हेडक्वाटर निकट स्रोतका अनुसार रायमाझीलाई स्थानीय विकास वा अन्य कुनै जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको जिम्मेवारीसहित पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेर पठाउने तयारी भएको छ । रायमाझीले सरकारको नेतृत्व पाए अन्य मन्त्रालयसहित जाने र नपाए गृहमन्त्रालयबाहेक अन्य जिम्मेवारी नलिने बताउँदै आएका थिए ।
एकीकृत माओवादीले शनिवार आफ्ना मन्त्रीहरुको नाम टुंगाउने तयारी गरेको छ । महराको नाममा पूर्वजनमुक्ति सेना, पार्टीकै स्थायी समितिका नेताहरुले विरोध जनाएपछि प्रचण्डले रायमाझीकै नेतृत्वमा अगाििड बढ्ने सोच बनाएको स्रोतले जनाएको छ । महराले पनि आफु निकट कार्यकर्ताहरुसँग ‘दुष्मन’ लागेको भन्दै पेरिसडाँडामै बसेर काम गर्ने बताएका छन् । उनी पार्टी महासचिवको रुपमा पेरिसडाँडामा व्यस्त रहँदै आएका छन् ।
महरा र टोपबहादुर गृहमन्त्रालय नलिने ठाँउमा पुगेपनि अन्य नेताहरुबीचको विवाद भने टुंगिएको छैन । स्थायी समिति सदस्य शक्ति बस्नेत, जनार्दन शर्मा र अग्नि सापकोटाले गृह मन्त्रालयको जिम्मेवारी लिन चाहेको स्रोतले बतायो । गृहमन्त्रीका लागि पार्टीभित्रबाट एकपछि अर्को आकाक्षी भएपछि अध्यक्ष प्रचण्ड समेत तनावमा पुगेको लाजिम्पाट स्रोतले बतायो । –