नेपाल प्रहरी स्थापनाको ६० बर्ष धादिङमा विविध कार्यक्रम सम्पन्न, दुर्घटना शून्य बनाउन बिशेष अभियान

622 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

prahari dibaasधादिङ, ३० असोज ः देशका ६७ जिल्लावाट राजधानी प्रवेश गर्ने मुख्य दुईवटा राजमार्ग रहेको धादिङ जिल्लाको राजमार्ग क्षेत्रलाई दुर्घटना शुन्य वनाउने अभियान संचालन गरिने भएको छ । प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धादिङले धादिङ जिल्ला भित्रको राजमार्ग क्षेत्रमा दुर्घटना शून्यमा लैजाने अभियान संचालनको घोषणा गरेको हो । अभियान अन्र्तगत राजमार्ग क्षेत्रका सरोकारवालाहरुसंग नियमित भेटघाट गरी दुर्घटना रोक्नका लागि चालिनुपर्ने बिषयमा छलफल गरी आवश्यक कार्यक्रमहरु संचालन गरिने प्रहरीले जनाएको छ ।
शनिबार ६० औं प्रहरी दिवसको अवसर पारेर धादिङमा आयोजित कार्यक्रममा धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले ‘प्रहरी मेरो साथी अभियान’ कार्यक्रम अन्तर्गत दुर्घटना कम गर्ने अभियान सुरु गरिएको जानकारी दिनुभएको हो ।
प्रहरी दिवसको अवसर पारेर सुरक्षित धादिङ कार्यक्रम सुरु गरिएकोले यस अभियनमा सबै नागरिकले साथ दिन प्रहरी नायव उपरिक्षक प्रधानले आग्रह गर्नुभएको छ । प्रहरी दिवसको अवसरमा अम्मर प्रहरी परिवार संघ र बौद्धिक अपाङ्गता भएका अभिभावकहरुको संगठन बौद्धिक मन्दता अभिभावक संघलाई जिल्ला भरीका प्रहरीबाट दैनिक मुट्ठी दान गरेर संकलित गरिएको रकमबाट ११ हजार १ सय १ रुपैयाँका दरले दुवै संघलाई रकम हस्तान्तरण गरिएको छ । प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धादिङले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
प्रहरी दिवसको अवसरमा शुक्रवार विहान जिल्ला प्रहरी कार्यालय धादिङ र नेपाल रेडक्रस सोसाईटी धादिङ रक्तसंचार केन्द्रद्धारा संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र स्थानिय सामाजिक कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।
दिवसकै अवसरमा धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको उपस्थितीमा प्रहरी कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । शनिवार जिल्ला प्रहरी कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी काफ्लेको प्रमुख आतिथ्यमा सरकारी कार्यालयका प्रमुख, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु अमर प्रहरीका परिवारजन, पत्रकार, पूर्व प्रहरी संगठनका पदाधिकारी, विद्यालयका शिक्षक , क्याम्पसका प्राध्यापकहरुका साथै सामुदायिक सेवा केन्द्रका पदाधिकारी र स्थानिय भद्र भलादमीहरुको उपस्थितीमा प्रहरी दिवस विशेष कार्यक्रम शनिवार विहान सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि काफ्लेले जिल्ला भित्रका यस वर्षका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सम्मान  वितरण गर्नुभएको थियो ।प्रहरी संगठनमा रही उत्कृष्ट काम गर्ने प्रहरी र भुकम्पको समयमा राम्रो काम गर्ने प्रहरीलाई सम्मान गरीएको हो ।  भूकम्पको समयमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी जवान जगमोहन शाह सम्मानीत भएका छन् ।यसैगरी वर्षभरी उत्कृष्ट सञ्चार पु¥याएको भन्दै प्रहरी जवान संगीता दाहाल पनि पुरस्कृत भएका  छन् ।
त्यसै गरी प्रहरी दिवसको अवसरमा अन्तर प्रहरी खुल्ला ब्याडमिन्टन र टेबल टेनिस प्रतियोगितामा विजयी हुने खेलाडी प्रहरी कर्मचारीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
दिवसको अवसर पारेर आयोजना गरिएको खेलकुद कार्यक्रम अन्र्तगत ब्याडमिन्टन डबलमा प्रहरी हवल्दार रामकृष्ण थापा र प्रहरी जवान पोषण चौधरी प्रथम भएका थिए भने प्रहरी नायव उपरिक्षक सविन प्रधान र प्रहरी जवान विकास हायू द्धित्तिय र प्रहरी निरिक्षक ओमप्रकाश वाग्ले, र प्रहरी सहायक निरिक्षक गणेश लामा, प्रहरी सहायक निरिक्षक खिम बहादुर जिसी र प्रहरी जवान सन्त बहादुर भोलन त्तृत्तीय भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सोही अवसरमा भएको टेबल टेनिस सिंगल तर्फको प्रतियोगितामा प्रहरी जवान सन्त बहादुर भोलन प्रथम, प्रहरी हवल्दार सलाम लामा द्धित्तीय र प्रहरी सहायक निरिक्षक गणेश लामा त्तृत्तीय भएका थिए ।
खेलकुद संगै कार्यालयले आयोजना गरेको अतिरिक्त कार्यक्रम अन्र्तगत ‘प्रहरी मेरो साथी’ भन्ने भावमा आयोजित माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगितामा साङकोष उच्च माविकासुरज तामाङ प्रथम, पशुपति उच्चमाविका मिलन लामा द्धित्तीय , धादिङ आवासीय उच्च माविका रोशन श्रेष्ठ त्तृत्तीय र न्यू किबो बोर्डिङ स्कूलका बिहानी श्रेष्ठ र साङकोष उच्च माविका सरोज गुरुङ सान्त्वना भएका थिए ।
प्रहरीले आफ्नो स्थापना दिवसको अवसरमा धादिङ जिल्ला भरीका प्रहरी कर्मचारीहरुको मुठ्ठीदानवाट संकलित रकमवाट अमर प्रहरी परिवार संघ र बौद्धिक अपांगता भएका बाल बालिकाहरुको हकहित संरक्षण सम्वर्धन र शैक्षिक क्षेत्रको लागि बौद्धिक अपांगता अभिभावक संघलाई एघार हजार एकसय एघार रुपैया को चेक हस्तान्तरण गरेको थियो ।