चरीलाई गोलि हान्ने राधे धादिङबेसीबाट पक्राऊ
632 पटक पढिएको

धादिङ -राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ लाई प्रहरीले आइतबार साँझ धादिङबाट पक्राउ गरेको छ। एक बर्ष अघि रहस्यमय ढंगबाट मारिएका दिनेश अधिकारी ‘चरी’ का प्रतिस्पर्धी डनका रूपमा राधे परिचित छन्। चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीका आधारमा प्रहरीले राधेको खोजी गरेको थियो।
चरीको इन्काउन्टर हुनुभन्दा एकबर्ष अघि चरीसमेत सवार रहेको प्रहरीको गाडीमा गोली प्रहार गरेको भन्दै राधे बिरूद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी परेको थियो।काठमाडौँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङले राधेलाई पक्राउ गरेर सोमबार राजधानी पठाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सविन प्रधानले जानकारी दिए।
तत्कालिन एमाले धादिंग क्षेत्र नं. १ का क्षेत्रीय उपाध्यक्ष दिनेश अधिकारी उर्फ ‘चरी ‘लाई उनका ग्यांगका पुर्ब सदस्य राधेले धादिंगबाट काठमाण्डौं फर्कनेक्रममा २०७० जेठमा राजधानीको कलंकी नजिक गोलि प्रहार गरेका थिए ।दायाँ हातमा गोलि लागेका चरी उक्त आक्रमण बाट भने बचेका थिए ।
आपसी विवादमा चरी ग्यांगले राधेको भाईको खुट्टा भांचीदिएका थिए भने एमाले धादिंग अधिबेशनमा गएका चरीको गाडी राधे ग्यांगले तोडफोड गरेका थिए ।कलंकी आक्रमणमा पेस्तोल सहित पक्राउ परेका राधेले उक्त हतियार चरिकै भएको बयान दिए पछी उल्टै चरी उपर मुद्दा चलेको थियो । नेपाली कांग्रेसको संरक्षण पाएका राधे त्यति बेला ४ लाख धरौटीमा छुटेका थिए ।
राधे कसरि पक्राऊ परे ?
धादिंग स्थित होटल धादिंग भ्युमा राधे र उनको ग्यांग आइतबार साँझ पुगेका थिए। त्यहाँ उनका विरोधी कोही थिएनन् , होटल भ्यूमा दोहोरी साँझ चलिरहेको थियो । तर रक्सीले मातेका राधे एक्कारी वियरको बोत्तल फुटाई अमानविय गतिविधि सृजना गर्न थाले पछि प्रहरी होटल भ्यू पुगेर पक्राउ गरेको थियो । धादिङका प्रहरी नायव उपरिक्षक सविन प्रधानले आफै होटल भ्यू पुगी राधेलाई पक्राऊ गरेका हुन्।