बडादशैंको टिकाको शुभ साइत १०ः५५ बजे

484 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक ५ गते बिहीबार विजयादशमीका अवसरमा बिहान १०ः५५ बजे टीकाका लागि शुभ साइत उपयुक्त भएको ठहर गरेको छ ।

सामान्यतः टीकाको साइत आवश्यक नपर्ने तर साइत जुराउन चाहनेका लागि सो साइत उपयुक्त भएको जनाएको हो ।

ddतिथि घटबढका कारण सोही दिन महानवमी पनि परेकाले महानवमीको कार्य सम्पन्न भएपछि मात्र विजयादशमीको कार्य प्रारम्भ गर्ने र बिहान १०ः४५ बजे देवी विसर्जन गर्न उपयुक्त हुने सो समितिले सरकारलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ ।

विजयदशमीमका दिन बिहान ११ः०१ बजे तुलजा भवानीको यात्रा र ११ः५५ बजे स्थिराशनपछि खड्गयात्राका लागि उपयुक्त हुने उल्लेख छ ।