उपप्रम थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई

527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ६ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर स्वदेश फर्केका विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गर्नुभएको छ ।

download (1)परराष्ट्रमन्त्री थापाले विश्वकप क्रिकेटको छनोट चरणमा प्रवेश गरेका सम्पूर्ण क्रिकेट खेलाडी, खेलपदाधिकारी र खेलप्रेमीप्रति बधाई ज्ञापन गर्दै विजयादशमीका दिन १९ वर्षमुनिका क्रिकेट खेलाडीले मलेसियामा हासिल गरेको सफलताबाट राष्ट्रवासीलाई हर्षित तुल्याएको र मुलुकको गरिमा बढेको राससलाई बताउनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बिहीबार बधाई दिँदै क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको र क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।