रसुवागढी–केरुङ नाका खुल्यो, सोहि नाका भएर तेल ल्याइने –

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kerung-1024x539
धादिङ– नेपालको उत्तरी रसुवागढी–केरुङ नाका फेरि सञ्चालनमा आएको छ । भूकम्पपछि बगेको पहिरोले साढे पाँच महिनादेखि बन्द भएर केहि दिन पहिले सो नाका सञ्चालनमा आएको भएपनि त्यसको २४ घण्टा नबित्दै पहिरोको कारण अबरुद्ध बनेको थियो ।
रसुवाका प्रमुख जिल्ला अघिकारी शिवराम गेलालले आइतबारदेखि पुन नाका खुलेको जानकारी दिए ।
भारतको अघोषित नाकाबन्दी पछि चीनबाट ईन्धन ल्याउने प्रकृया अघि बढेको बेला नाका खुलेको हो भने उसले अनुदानमा दिने भनिएको एक हजार मेट्रिक टन ईन्धन केरुङ हुँदै रसुवागढी नाकाबाट भित्रने बताइएको छ । मंगलबार सम्ममा ईन्धन नेपाल पठाउने तयारी चीनियाँ पक्षको छ ।kerung

नाका सञ्चालनका लागि नेपालतर्फ यसअघि नै व्यक्तिको घर भाडामा लिएर भन्सार कार्यालयको स्थापना गरिसकिएको छ ।
भूकम्पले भन्सार कार्यालय पुरिएपछि रसुवागढी नाकाबाट तीन किलोमिटर वर भन्सार कार्यालय स्थापना गरिएको छ । भन्सारलाई व्यवस्थित बनाउनका लागि नेपालतर्फ नेपाल प्रहरी, नेपाली सेना नारायण दल गणको पोष्ट स्थापना गरिएको छ । भन्सारमा एक प्रमुख, तीन भन्सार अधिकृत र १६ जाँचकीसहितको कर्मचारी टिमुरे अस्थायी भन्सार कार्यालय स्थापना गरिएको छ ।
नाका सञ्चालनका लागि तीन साताअघि नै नेपालतर्फको बाटो फराकिलो बनाउनुका साथै पहिरोको सबै अबरोध हटाइएको थियो । यो नाका परम्परागत भए पनि एक वर्षअघि नै पूर्ण रुपमा सञ्चालनमा आएको थियो । सन् २०१२ मा केरुङ भन्सारलाई अन्तर्रा्ष्ट्रिय भन्सारको रुपमा विकास गर्दै यस नाकाबाट चीनले भारतसहित दक्षिण एशियाली देशमा जोड्न खोजेकाले पनि यो नाकालाई चीनले पहिलो प्राथमिकतामा राखेको हो । नाका सञ्चालनसँगै रसुवागढी भन्सारमा जनशक्तिलगायत आवश्यक पूर्वाधारको विकास गर्दै लगिने भन्सार कार्यालयले जानकारी दिएको छ ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुका अनुसार भूकम्पसँगै बाटो अबरुद्ध हुनुका साथै पहिरोले बाटो क्षतबिक्षत बनाएपछि बन्द भएको थियो । नाका ठप्प हुदाँ ६ महिनादेखि आयातनिर्यात् ठप्प हुँदै आएको यो नाका सञ्चालनसँगै दुईदेश बीचको व्यापार व्यवसाय सहज र नियमित हुनेमा प्रमुख पनेरुले आशा व्यक्त गरे ।

रसुवागढी नाका खुलाउन चार महिनाअघि नै नेपालतर्फको बाटोको अवरोध पूर्ण रुपमा हटिसकेको थियो । तर, चीनतर्फको खम्बाटारबाट केरुङसम्मको २६ किलोमिटर अबरुद्ध बाटो हटाउन सकिएको थिएन । चीनतर्फको केरुङ सडक भूकम्पले गएको पहिरोले अवरुद्ध बनेपनि नेपालतर्फको सडकमार्ग भने सुरक्षित रहेको थियो ।

काठमाडौंबाट १ सय ८७ किलोमिटर टाढा केरुङ रहेको छ भने त्यहाँबाट सिगात्से सहर ५ सय ४८ किलोमिटर टाढा छ ।