कर्तव्य ज्यान मुद्दाका फरार अपराधी पक्राउ

902 पटक पढिएको

२२ मंसिर २०७२, मंगलवार २०:४३ सम्पादक: धादिङ न्यूज

images (1)धादिङ–अदालतबाट जेल सजायँ फैसला भए पनि फरार रहंदै आएका एक अभियुक्तलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको २०७० साल चैत २७ गतेको फैसला अनुसार १० वर्ष कैद सजाँय तोकीएपनि फरार रहेका अपराधी जिल्ला धादिङ नौविसे गा.वि.स.वडा नं.७ बस्ने वर्ष ४९ को काला राई भन्ने प्रल्हाद राईलाई निजकै घर ठेगानामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई २०७२मंसिर १९ गते पक्राउ गरीे.२० गते धादिङ जिल्ला अदालतमा पेश गर्दा कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।