रेडियो धादिङद्धारा जिल्ला प्रहरी कार्यालय धादिङलाई रेडियो प्रदान

509 पटक पढिएको

सम्पादक: Dhading News

 radiodhading logoहिरासतमा रहेका थुनुवाहरु सुचना पाऊने हकबाट बञ्चीत हुन नपरोस् भन्ने उद्येश्यले जिल्ला प्रहरी कार्यलय धादिङलाई रेडियो प्रदान गरिएको छ । अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नागरिकको सुचना पाऊने अधिकार सुनिश्चीत गर्न रेडियो धादिङले हिरासतमा रहेका थुनुवाहरुका लागि रेडियो प्रदान गरेको हो । रेडियो धादिङले आफ्नो फ्रिक्वेन्सी १०६ मेघाहर्ज सुनिश्चित गरि रेडियो उपलब्ध गराएको स्टेशन म्यानेजर राजाराम शर्माले बताऊनुभयो । रेडियो ग्रहण गर्दै प्रहरी नायव उपरिक्षक सविन प्रधानले अनुसन्धानका लागि हिरासतमा रहने नागरिकहरु संग सुचना प्राप्त गर्ने कुनै पनि साधन नहुने अवश्थामा रेडियो प्रभावकारी हुने बताऊनुभयो । अनुसन्धानमा प्रभाव नपरोस् भन्दै हिरासतमा ल्याइएकाहरु संग रहेका सामाग्रीहरु प्रहरी नियञ्त्रणमा हुने भएकाले सुचना पाऊने साधन अभाव रहने गरेको थियो । हिरासत नजिक रेडियो रहँदा समाचार सुन्न र सन्देशमुलक विषयवस्तु सुन्न अब सहज हुने भएको छ । रेडियो हस्ताण्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले नागरिकको सुचना पाऊने अधिकार स्थापित गर्न रेडियो धादिङले गरेको कार्यको प्रशंशा गर्नुभयो । जिल्ला स्तर संगै अन्य प्रहरी चौकीहरुमा पनि रेडियो उपलब्ध गराऊने रेडियो धादिङले जनाएको छ । रेडियो हस्ताण्तरण कार्यक्रममा ग्रामिण संचार सहकारी संस्थाका सचिव राधिका सापकोटा, गैर सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सिताराम प्रसाद वर्मा लगायतको उपस्थिती रहेको थियो ।