पोषणका लागि ‘फर्सीको खीर’

521 पटक पढिएको

सम्पादक: Dhading News

farsi
धादिङ मंङ्सिर २५-आमा र बच्चाको पोषणका लागि कञ्चनपुरका महिलालाई फर्सीको खीर खुवाइएको छ ।

कञ्चनपुरको महाकालीपारि दोधारा-चाँदनी ग्रामीण क्षेत्रका हजार दिनभित्रका आमा र बच्चालाई पोषणका लागि फर्सीको खीर खुवाइएको राजधानी दैनिकमा खबर छ ।

सुआहारा कञ्चनपुरले दुई वर्षमुनिका बच्चा र सुत्केरी आमाको स्वास्थ्य सुधारका लागि भन्दै घरमै भएको फर्सीको परिकार पकाएर खुवाएको सुआहारा मंगलबार कञ्चनपुरका पोषण अधिकृत वीर बोहराले बताए ।

उनका अनुसार आमा र बच्चाको स्वास्थ्य सुधारका लागि घरमै उत्पादन भएको गेडागुडीको धुलो, दुध, अन्डा, हरियो सागपातमा पहेलो पर्सी मिसाएर फर्सीको खीर बनाउने तरिका समेत सिकाइएको थियो ।