फेसबुक, मोबाइल, इमेलमार्फत हुने साइबर अपराध रोक्न प्रहरीको नयाँ प्रविधि

422 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ मंङ्सिर २५-अपराधमा सूचना प्रविधिको प्रयोग बढेसँगै त्यसलाई नियन्त्रण गर्न प्रहरीले ‘डिजिटल फरेन्सिक’ प्रविधिको प्रयोग सुरु गरेको छ । साठीऔँ अपराध अनुसन्धान दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालयमा बिहीबार यो प्रविधि शुभारम्भ गर्नुभयो ।

फेसबुक, इमेल, इन्टरनेट, मोबाइल, ल्यापटपजस्ता प्रविधिको अनुगमन र अनुसन्धान गर्न ‘डिजिटल फरेन्सिक’ प्रविधि उपयोगी हुनेछ । फेसबुक, मोबाइल, इमेलमार्फत हुने साइबर अपराध रोकथाम गर्न र प्रयोग भएका सामग्रीको अनुसन्धान गर्न यो प्रविधिको प्रयोग गरिनेछ ।

महानिरीक्षक अर्यालले प्रहरीलाई आधुनिकीकरण गर्ने प्रक्रियाको सुरुवातका रूपमा यो प्रविधि भित्र्याइएको बताउनुभयो । अहिले भइरहेको अपराधका घटनामा ९० प्रतिशतभन्दा बढी घटनामा कुनै न कुनै माध्यमका सूचना प्रविधिको प्रयोग जोडिएको देखिएकाले अहिले प्रहरीले भित्र्याएको नयाँ प्रविधिमार्फत ती घटनाको अनुसन्धान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – “अहिले अपराधीले सङ्गठित समूह निर्माण र नयाँ प्रविधिको प्रयोग बढाएका छन् । हामीले पनि अन्तर्राष्ट्रिय रूपमा सङ्गठित भएर नयाँ प्रविधिको प्रयोग बढाएरमात्रै त्यसको

गृहमन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले प्रहरीले नयाँ चुनौतीको सामना गर्न यसै अनुरुपको अत्याधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।