रित्तिँदै मोर्चाको धर्नास्थल

447 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ मंङ्सिर २६-नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शुक्रबार चार महिना पुगेको छ । साउन ३९ देखि सुरु आन्दोलन चार महिना प्रवेश गर्दा तराईका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।

महिनौंदेखि जारी आन्दोलनले देश अस्तब्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोचाृका स्थानीय नेता–कार्यकर्ता निराश बनेका छन् । अहिले विभिन्न नाकामा धर्नामा बसेका आन्दोलनकारी बिस्तारै घट्दै जान थालेको छ ।