त्रिपुरा सुन्दरी माइको जात्रा आजबाट सुरु

608 पटक पढिएको

सम्पादक: Dhading News

jatraधादिङ मंङ्सिर, २६- धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माइको जात्रा आजबाट सुरु भएको छ । हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर मनाइने जात्रा आज र भोली मनाईन लागिएको आयोजकले जनाएको छ । जात्राको उत्तम तिथी तिहारको भाईटिकाको दिनमा हेर्न गरीन्छ । माईस्थान जात्रा वा सल्यानवेसी जात्रा भनेर चिनने जात्रा अवलोकन गर्न धादिङ सहित छिमेकी जिल्लाहरु गोरखा, नुवाकोट र चितवनबाट समेत भक्तजनहरु आउने गरेका छन् । त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुई ओटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याएर राखिन्छ । भगवानको मुर्तिलाई बाजागाज सहित डोलीमा राखेर तल्लो मन्दिरमा राख्ने चलन रहेको छ । प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेका थिए । नेपाल एकिकरण गर्ने समयमा पृथ्वीनारायण शााहले पनि उक्त मन्दिरमा आशिर्वाद थापेर गएपछि एकिकरण गर्न सहज भएको विश्वास गरीदै आएको छ ।