धादिङको मलेखुमा हुने राष्ट्रिय व्यापार तथा माछा महोत्सवकको तयारी तिव्र, आज पत्रकार सम्मेलन गरिदैँ

472 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

maxa धादिङ मंङ्सिर, २६ धादिङको मलेखुमा हुने राष्ट्रिय व्यापार तथा माछा महोत्सवकको साथ आज पत्रकार सम्मेलन हुदैँ छ । महोत्सव स्थल मलेखुमा हुने पत्रकार सम्मेलनामा धादिङबेसीबाट जाने पत्रकारहरुको लागी गाडीको समेत व्यावस्था गरीएको छ । पुस महिनाको ९ गतेदेखि १९ गतेसम्म धादिङको मलेखुमा हुने राष्ट्रिय व्यापार तथा माछा महोत्सवको तयारीको लागि पत्रकार सम्मेलनको आयोजना गरीएको आयोजकले जनाएको छ । घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको आयोजनामा धादिङको वेनिघाट – १ मलेखु बजारमा मेला गर्न लागिएको हो । जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउदै ब्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र गुणस्तरमा जोड दिने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएका हो । माछा ब्यावसायलाई बिश्वसनीय बनाउदै माछा उत्पादनका क्षेत्र प्रति बढ्दो आकर्षण र लगानीलाई प्रोत्साहित गरी जिल्लालाई आत्मनिर्भर बनाउने र माछा उत्पादनको मूख्य क्षेत्रका रुपमा परिचित गराउन मेलाले टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । मेलामा १० करोडको कारोबार हुने लक्ष्य राखिएको छ । त्यस्तै २ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने संस्थाका महासचिव शालिकराम दुवाडीले जानकारी दिनुभयो ।