चिसोको कारण रसुवाका भुकम्प पीडित मर्कामा

635 पटक पढिएको

सम्पादक: Dhading News

chisoधादिङ मङ्सिर २८ – भूकम्पले घर भत्किएपछि त्रिपाल र जस्ताको टहरामा अझै बसोबास गर्दै आएका हिमाली ग्रामीण बासिन्दालाई चिसोले असर पु¥याउन थालेको छ । स्याफ्रु गाविस–३ ठूलोस्याफ्रु निवासी ६३ वर्षीय धर्मगुरु तेम्बा लामाले स्याफ्रु, चन्दनबारी, ठूलोस्याफ्रु, ब्राबल, गर्दागाङ, वृद्धिम, खाम्जिङ, शेर्पागाउँ, टिमुरे खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङलगायत क्षेत्रका बासिन्दामध्ये बढी मात्रामा महिला र बालबालिकालाई न्यानोघरको निर्माण गराइदिन सरकारसँग आग्रह गर्नुभयो ।