भुकम्प पीडितको अवस्था बुझ्न आज ओली गोरखा जानुहुदैँ

682 पटक पढिएको

सम्पादक: Dhading News

kpधादिङ पुस, २- प्रधानमन्त्री केपी शर्मा ओली भूकम्प पीडितहरुको अवस्था बुझ्न आज गोरखा जाने भएका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार ओलीले बारपाक, छेकम्पार र केरौंजा गाविस पुगेर पीडितहरुसँग भेटघाट गर्ने छन् । बारपाक बैशाख १२ गते गएको भूकम्पको केन्द्रबिन्दु हो ।

ओली हेलिकप्टरबाट बारपाक पुग्ने र त्यसपछि चीनको तिब्बतसँग सिमाना जोडिएको छेकम्पार गाविस पुग्ने प्रहरी नायब उपरिक्षक बसन्त रजौरेले जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै गोरखाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु बुधबार नै बारपाक पुगेका छन । भूकम्प प्रभावित क्षेत्रको यसअघि तत्कालीन राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री शुशील कोइराला, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र डा.बावुराम भट्टराईले भ्रमण गरिसकेका छन ।