सशस्त्र प्रहरी प्रमुख वन्त निलम्बित, दुर्जकुमारलार्इ कामू दिइयो

318 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ पुस ४-सरकारले सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई निलम्बन गरेको छ । साथै दुर्जकुमार राईलाई कामू महानिरीक्षकको जिम्मेवारी दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार राति अबेर सकिएको बैठकले वन्तले दिएको राजीनामा स्वीकृत गरेन । करोडौ भ्रष्टाचार गरेको भन्दै अख्तियारले वन्तलाई निलम्बन गर्न सिफारिस गरेको थियो । त्यसको भोलिपल्ट वन्तले राजीनामा दिए ।

मन्त्रिपरिषद् बैठकले वन्तले दिएको राजीनामा स्वीकृत गरेन र अख्तियारको सिफारिस अनुसार निलम्बनको निर्णय गरेको छ । वन्तलाई तीन महिनालाई निलम्बन गर्ने निर्णय भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

वन्तको कार्याकाल चैत मसान्तसम्म मात्र थियो । कार्यकाल सकिन केही महिना मात्र बाँकी छँदा उनी निलम्बनमा परेका हुन् ।
Durja-Kumar-Rai

दुर्जकुमार रार्इ

मन्त्रिपरिषदको शुक्रबारको बैठकले एआइजी दुर्जकुमार राईलाई कामू महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको छ ।

कार्यवाहक आइजीपीका लागि राईसँगै एआइजीहरु जीवन थापा र कृष्णकुमार तामाङ दौडमा थिए । एमालेले राईलाई र एमाओवादी तामाङलाई कार्यवाहक आइजीपीको जिम्मेवारी दिन चाहेको थियो ।

थापाले भने आगामी माघमा अवकाश पाउने छन् र उनलाई वन्तले संगठनको मर्यादा विपरीत काम गरेको भन्दै नसिहत दिएका थिए ।

अहिले कोषराजलाई निलम्बन गरेर कामु पाएका रार्इ आगामी चैतमा आइजीपी बन्ने छन् ।