धादिङका दुई सहित डकैती गिरोहका ७ जना काठमाण्डौंबाट पक्राउ
777 पटक पढिएको


पर्वत भोकसिङ्ग गाविस वडा न ३ का पुष्कर लोहनी , सुनसरी धरान १५ का वर्मा तामाङ्ग, धादिङ्ग झार्लाङ्ग गाविस वडा न २ का स्यामोल तामाङ्ग, नुवाकोट वेलकोट गाविस वडा न ३ का राम शरण नेपाली , वेलकोट गाविस वडा न ३ का रोशन परियार , काभ्रे पलाञ्चोक धुलिखेल न.पा. १ वस्नेका रुषी भन्ने प्रेम तामाङ्ग र धादिङ्ग तिप्लिङ गाविस ८ का वेशिल घलेलाई पेस्तोलसहित पक्राउ गरिएको उनले बताए ।

उनीहरु पेशेवर अपराधी भएको एसएसपी थापाले बताए। काठमाडौं प्रहरीले चोरी डकैती, लुटपाट, गुन्डागर्दीविरुद्ध अभियान चलाइरहेको छ। त्यहि अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको एसएसपी थापाले बताए ।
चावहिल एरियामा लुटपाट गर्न योजना बनाइरहेका बेला उनीहरुलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएको एसपी विश्वराज अधिकारीले जानकारी दिए । उपत्यका र बाहिर विभिन्न स्थानमा डकैती गर्दै हिड्ने समूह रहेको उनले बताए । उनीहरु पटक पटक जेल पर्दे छुट्दै गरेको एसएसपी थापाले दाबी गरे ।